धरान / छायाँकार तथा म्युजिक भिडियो  निर्देशकको रुपमा पहिचान बनाएका  भूपेन्द्र तुम्बाहाङफे नृत्यमा  उत्तिकै पोख्त छन्।  उनको नृत्य तथा अभिनय कला कौशलबारे जानकार संगीतकार तथा गीतकार अशोक चेम्जोंगले उनलाई आफ्नो गीत  ‘टोड्के कुसुण्डेमा अभिनय गराएका छन्। 

राजेश पायल राईको आवाज रहेको लोक शैलीको गीतमा उनि संगै  पुष्पा लिम्बु, विष्णु मोक्तान शर्मिला याक्सो, सुर्य तुम्सा, सुमन आङदेम्बे, पन्च लावती, चुजन आङदेम्बे, सन्ध्या लिम्बु, शेरबहादुर तुम्सा नगेन्द्र आङदेम्बे लगायतले अभिनय गरेका छन् ।चर्चित निर्देशक  किरण चाम्लिङ् राईको निर्देशनमा सुमन तामाङ बोगेन्द्र याम्फूले छायाँकन,रहेको गीतको संगीत संयोजन कुन्दन राईको रहेको भने  मुन्धुम स्टुडियोमा रेकर्ड गरिएको गीतलाई बादल लिम्बुले मिक्सिङ तथा मास्टरिङ गरेका छन् ।थैली इन्टरटेनमेन्ट अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक भएको गीतको भिडियो  मिक्लाजुङको विभिन्न रमणीय स्थानहरुमा छायांकन गरिएको भिडियोलाई अनिल रानाले सम्पादन गरेका छन् ।छायाँकान तथा भिडियो निर्देशनमा नै रमाउने भुपेन्द्र सुहाउने रोल आए अभिनयमा पनिं जम्ने योजना रहेको बताउंछन्। 

https://youtu.be/x8AFMrRDoyk