धरान । बिहिवार बैसाख १ गते नेपाली नयाँ बर्ष २०७९ को अवसरमा  आयोजित साङितिक कार्यक्रममा यो बर्षकै आफ्नो पहिलो प्रस्तुति दिन गायक राजेस पायल राई धरानको बगरकोट नजिकै  रहेको लुकुवा फेमिली रिसोर्टमा पुगेका थिए। 

मैले मायाले दिएको चिनो फाल्यो कि राख्यो भन्दै स्टेज प्रवेश गरेका गायक राजेश पायल राईले दर्शकलाई भरपुर मनोरञ्जन गराए।

बेलुकी नौ बजे स्टेज उक्लिएका उनले करिब दुई घन्टा दर्शकलाई आफ्नो गलाको कलाले झुमाएका थिए।  

उनले धराने दर्शकलाई  दर्शन नमस्ते , नाइँ नभन्नु ल , मलाई पनि अंग्रेजीमा , टल टल , सायारेम,दुई चुल्ठी बाट्नेलाई  , हुरुक्कै भए म लगायतका आफ्ना डेढ दर्जन लोकप्रिय गितहरु पस्किदा दर्शकले लगातार साथ दिईरहेका थिए। राईलाई गितमा वान्स मोरको बर्षा भएको थियो भने

राई इज किङको  सांगीतिक उपाधी पाएका राईले दर्शक लाई निरास बन्न दिएनन् । 

उनले लगातार आफ्ना पुराना र नयाँ हिट गितहरु पस्केका थिए। 

यता ननस्टप चलेको नयाँ बर्षको साङितिक खुशी र उनको प्रस्तुति देश बिदेशका दर्शकले पनि फेसबुक लाइभ बाट हेर्न पाईरहेका थिए। लाईक र कमेन्टको वर्षा भएको थियो। ब्यस्त गायक राजेस पायल राईको अब भने रोमानिया, सिक्किम, युके, युएसए र क्यानडामा म्युजिकल टुर रहेको छ।


फोटो : प्रशान्त श्रेष्ठ