आज - ११ मंसिर २०७४ सोमवारको राशिफल

मेष:(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) लाभ,हानी,सुख,दुख वरावरी मध्यम खालको दिन छ । परोपकारमा रुचि बढ्नेछ । वस्त्र लाभ हुनेछ ।

मिथुन:(का, कि, कु, घ, ङ, छ, के, को, हा) अभिभावकबाट प्राप्त सुझावले अधुरा कार्य पूरा गर्न सहयोग मिल्नेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।

सिंह:(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कला र गलाको प्रभाव बढ्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । बैदेशिक क्षेत्रको काम अघी बढ्नेछ ।

तुला:(रा, रि, रु, रे, रो, ता, ति, तु, ते) बोलीमा विचार नपुर्याउनाले मनमा अशान्ति रहला । चोटपटकको भयछ । सरकारी निकाएको भय रहला ।

धनु:(ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ । राजननितक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत वढ्नेछ ।

कुम्भ:(गु, गे, गो, सा, सि, सु, से, सो, दा) राजनीतिक कार्यमा ख्याती कमाउने योग छ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । विशिष्ठ व्यक्तिको साथ पाईनेछ ।

बृष:(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर मिल्नेछ । धनार्जनका स्रोतहरु पत्ता लाग्नेछन् । बित्तिय संस्था बाट सहयोग पाईनेछ ।

कर्कट:(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आर्थिक कारोवारमा मन्दी आउनेछ । मनमा दुविधा उत्पन्न हुने छ । अधिकार प्रातिका लागि संघर्श गर्नु पर्ला ।

कन्या:(टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) अनावश्यक खर्चमा कमि आउला । कार्यमा सफलता पाईनेछ । सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ ।

बृश्चिक:(तो, ना, नि, नु, ने, नो, या, यि, यु) धार्मिक कार्यमा रुची आउंदा तिर्थयात्राको अवसर प्राप्त हुनेछ । महिला वर्ग बाट विशेष सहयमेग मिल्नेछ ।

मकर:(भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) साना तिना समस्यामा अल्झिनुपर्नेछ । मनमा अविश्वाश उत्पन्न हुनेछ । प्रेममा मनमुटाव आउला ।

मीन:(दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) भाग्यशक्ति कमजोर हुनाले चिताएको कार्यमा सोचे जस्तो सफलता नमिल्ला । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । - ज्यो.प. नारायणप्रसाद दुलाल हाम्राे पात्राेबाट