अन्यायको विरुद्धमा
अक्षरको बम बनाएर
शासकको टाउकोमा पड्काउने
कविको गिरफ्तारपछि
आजकल चोक मौन छ ।
...............................................
विद्रोहको मसाल जुलुससँग
दमनको खुनी भिडन्तले
सालिक अङ्गभङ्ग भएको छ
यद्यपि चोक मौन छ ।
....................................
किनारिकृतहरूको सिसिफस प्रयत्न
अद्यावधि चलिरहेको छ
समय लाग्दैन
मान्छेको मन जित्न, हार्न या भत्काउन
समयको परिणति हेर्न
आजकल चोक मौन छ ।