• मोरङ क्षेत्र नं. ३ मा निर्वाचनमा कसरी परिचालित भईरहनु भएको छ ?

हामीले मतदाताहरुको घरघरमा पुगेर उम्मेद्लाई चिनाउने काम गरिरहेका छौं । उम्मेद्वारलाई आफ्ना एजेण्डाहरु राख्न लगाईरहेका छौ । कोणसभा, व्यक्तिगत भेटघाटलाई पनि तिव्र पारिएको छ । सबै जनवर्गिय संगठनहरु पनि आ–आफ्नो तवरले लागेका छन् । चुनावी कार्यक्रममा साँस्कृतिक कार्यक्रमहरु पनि हुदै आएका छन् । जेष्ठ कम्यूनिष्ट, आदीवासी जनजाती समुहलगायतका  समुह सबै चुनाव प्रचार प्रचार तथा मत माग्न खटेका छन् ।

  •  वाम गठबन्धनले जित्ने आधार के छ ?

स्थानीय तहको निर्वाचनको मतका आधारमा मोरङ क्षेत्र नं. ३  वामगठबन्धनको आधार क्षेत्र हो । यहाँ वाम गठबन्धनको झण्डै ४२ हजार मत छ । नेपाली काङ्ग्रेसको २१ हजार मात्र छ । हामी दोव्वरले अगाडी छौ ।
हामी एजेण्डासहित जनताको घर दैलो पुगेका छौं । जनताको अगाडी के भन्ने जस्ता समस्या छैन् । यहाँको मुख्य समस्या सुकुम्वासी समस्या हो । त्यसको व्यस्थापनका लागि हामीले पहल थालि सकेका छौं । अव वाम गठबन्धनले बनाउने सरकारले ५ बर्षसम्म सरकारको नेतृत्व गर्ने छ । स्थायी सरकारबाट यहाँको सुकुम्वासी समस्या समाधान, खोला तटबन्धन, पुल, विजुली,  कृषीमा आधुनिकरण, उत्पादीत बस्तुको बजार व्यवस्थापन मुख्य काम हुने छ ।
बेलबारीको बेतना सिमसार, खोर्सानेको बागझोडा पाखरी, सुन्दरदुलारीको हसिना सिमसार, सलकपुरको भुल्के मन्दिर क्षेत्रलाई पर्यकीय क्षेत्रको रुपमा विकास गर्न विशेष योजना बनाएका छौ । यस्तै सुकुना बहुमुखी क्याम्पस, बेलबारी बहुमुखी क्याम्पसको स्तरोन्नती गर्ने छौ । पूर्वाञ्चल विश्व विद्यालयलाई प्रदेश विश्व विद्यालयको रुपमा विकास गरि गोठगाउँमा मेडिकल कलेज संचालन गने हाम्रो योजना छ । वाम गठबन्धनलाई जनताले मत दिने आधार पनि यि नै हुन ।
वाम गठबन्धनले जित्ने अर्को मुख्य आधार भनेको हाम्रा उम्मेद्वार भिजन भएका छन् । लामो समय राजनिति गरेका अनुभवी, केन्द्रसम्म पँहुच भएका छन् । नेपाली काङ्ग्रेसका उम्मेद्वार सुनिल शर्माजस्ता  व्यापारी होईन । हाम्रो उम्मेद्वार काङ्ग्रेसको जस्तो राजनितिक पृष्ठभूमी नभएका व्यक्ति होईन ।
एमालेबाट ठूलो संख्यामा  काङ्ग्रेसमा प्रवेश गरेको हल्ला छनी ?

काङग्रेसले फैलाएको हल्लाले हामीलाई फाईदा पु¥याएको छ । हाम्रो कार्यकर्ताको नाम सार्वजनिक गर्छ काङ्ग्रेसले त्यस पछि हामी असन्तुष्ट कार्यकताहरुको घरदैलोमा पुग्छौ । उनीहरुका गुनासा सुन्छौ । उनीहरुको हल्लाले हाम्रा असन्तुष्ट कार्यकताहरुसम्म पुगेर छलफल गर्ने वातवरण बनेको छ । उनीहरुले हल्ला गरेका व्यक्ति सबै हाम्रो सम्पर्कमा हुनु हुन्छ ।
तपाईहरुको मततान्ने रणनीति चाही के छ ?
नेपाली काङ्ग्रेसका धेरै बर्षदेखि राजनिति गरेर टिकट नपाई बसेका अगुवा कार्यकताहरुको वामगठबन्धन साथ छ । दैनिक रुपमा एमालेमा प्रवेस गर्नेहरु छन् । तर हामी प्रचार गर्दैनौ । हालसम्म २ हजार एमालेमा प्रवेश गरेका छन् । उनीहरुसँग ३ हजार मत छन् ।  औपचारिक रुपमा पार्टी प्रवेश गरेकालाई काङग्रेसले जस्तो बढाई चढाई गरेर प्रचार गर्दैनौ । नेपाली काङ्ग्रेसका क्रियाशिल साथीहरु हाम्रो पक्षमा हुनु हुन्छ ।
वाम गठबन्धनका उम्मेद्वारलाई जिताउनु पर्ने कारण के छन् ?
राष्ट्रिय व्यत्तित्व, स्थानीयस्तरमा लोकप्रियाता, जनतासँग भिजेका, सधै जनताको साथमा रहने उम्मेद्वार हामीसँग छन् । निर्वाचनका बेला मात्र देखा पर्ने उम्मेद्वार हाम्रा होइनन् । भानुभक्त ढकाल एमालेका पोलिटव्यूरो सदस्य तथा पूर्व सचेतक हुन । स्पष्टवक्ता,  जनताका सवाललाई खरो रुपमा राख्ने, उनी स्ववियुको राजनीतिबाट अाएका व्यक्ति हुन । मोरङ क्षेत्र नं ३ मा बामगठबन्धनको तर्फबाट प्रतिनिधि सभाको उम्मेद्वार बनेका भानुभक्त ढकालको जन्म २०१८ साल कात्तिकमा तेह्रथुमको ओख्रेमा भएको हो ।
स्थानीय सिंहवाहिनी व्यवसायिक माध्यमिक विद्यालय, म्याङ्गलुङ्गमा अनेरास्ववियूको प्राक अध्यक्षबाट राजनीतिक सुरु गरेका ढकालले
तेह्रथुम जिल्ला कमिटीको उपाध्यक्ष, अध्यक्ष, काठमाडौ जिल्ला कमिटीको कोषाध्यक्ष र अध्यक्ष हुँदै केन्द्रीय  महासचिब भएर २०५३ माघ १६ गतेबाट बिदा लिएका थिए । विद्यार्थी राजनीति हुँदै पार्टी संगठनमा क्रियासिल हुदै २०४५ सालमा तत्कालिन माले पार्टीको सदस्यत प्राप्त गरेका ढकालले उपत्यका ने.क.पा. (एमाले) संगठन विभाग प्रमुख हुँदै पार्टी कमिटी र विभागका विभिन्न जिम्मेवारी लिँदै नेकपा एमाले संंगठन विभागको उपप्रमुख छन् । २०७० समानुपातिक तर्फबाट संविधानसभा सदस्य बनेका ढकालले संविधान मस्यौदा समिति सदस्य र संसद भित्र एमालको प्रमुख सचेतको जिम्मेवारी समेत पुरा गरिसकेका छन् ।
उनका अगाडी विपक्षि उम्मेद्वार फिका हुने छन् । प्रदेश सभा क मा माओवादीबाट गीता तिम्सिना हुनु हुन्छ । माओवादी केन्द्रमा लामो समय राजनीति गरेकी जुधारु महिला हुनु हुन्छ । यस्तै प्रदेशसभा ख बाट स्थानीयस्तरमा लोकप्रिय नेता राजकुमार ओझा हुनु हुन्छ । जनताले उठान गरेर समस्या तत्काल समाधान गर्ने हैसियत राख्ने नेताहरु भएकाले हाम्रो जीत निश्चित छ ।
अन्त्यमा मतदाताहरुलाई के भन्न चाहानु हुन्छ ?
मुलुकमा स्थीर सरकारको अभावमा विकासले गति लिन सकेको छैन् ।  अव वामगठबन्धनले बहुमतको सरकार बनाउदैछ । राष्ट्रियताको पक्षमा , स्वाधिनताको पक्षमा निरन्तर लागेको पार्टी नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धनलाई आमागी निर्वाचनमा जिताउन म सबै मतदाताहरुलाई हार्दिक आवहान गर्दछु । हामीले हासिल गरेको उपलब्धी संविधानलाई कार्यन्वयनका लागि स्थायी सरकार त्यसका लागि वामगठबन्धनको जीत अपरिहार्य भएकोले सम्पूर्ण आमा बुवा दाजुभाईभाई तथा दिदीबहिनीहरुमा वाम गठबन्धनलाई अत्याधिक मत दिई विजयी गराउन हार्दिक अनुरोध गर्दछु । वामगठबन्धनको सरकार बन्ने भएकाले यस क्षेत्रमा अन्य पार्टीलाई जिताउनु भयो भने मोरङ क्षेत्र नं. ३ विकासमा झन पछि भर्ने कुरालाई मतदाताहरुले बुझि दिनु हुन्छ भन्ने मैले विश्वास लिएको छु ।