मोरङ/नेकपा एमालेका पोलिट व्यूरो सदस्य तथा मोरङ क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार भानुभक्त ढकालले वामगठबन्धनलाई सरकारबनाउने अवसरबाट बञ्चित गराए मुलुकको सम्वृद्धिको एजेण्डा हार्ने बताएका छन् ।
बेलबारीस्थित मालपोत कार्यालय लाईनमा आईतबार भएको चुनावी सभालाई सम्बोधन गर्दै नेता ढकालले विकास, गरिव पिछाडीएका जनताको मुक्तिका लागि वामगठबन्धनलाई जिताउन आग्रह गरेका छन् ।
उनले विपक्षी नेपाली काङग्रेसका उम्मेद्वार शुनिल शर्मालाई कटाक्ष गर्दे १२ औ पुग्य तिथिमा डामेर छाडेको साँढेजस्तो भएर नेपाली काङ्ग्रेसले आचारसहिता उलंङघन गरेको बताए । ‘सरकारले आचारसहिता बनाएर निर्वाचन आयोगलाई पालना गर्न जिम्मा थियो तर सरकार तथा निर्वाचन आयोग रमिते बनेको छ ।’–उनले भने–‘साँढेका कुरा सुनेर अव कोही मतदाता भ्रममा नपर्नु होस् । शान्ति सम्वृद्धि र स्थायी सरकारका लागि वामगठबन्धनलाई मतदान गर्नुहोस् ।’
एमालेले मोरङ क्षेत्र नंं ३ मा आदीवासी जनजाती प्रतिष्ठान निर्माण, पेट्रोलियम खानी उत्खनन र थप अध्ययन, सबै खोलाहरुमा तटबन्धन बनाउन प्रतिबद्धता जनाईसकेको बताउदै यस क्षेत्रमा रहेको पूर्वाञ्चल विश्वविद्यालयलाई नयाँ जीवन दिई गोठगाउमा उत्कृष्ट मेडिकल कलेस संचालन गर्ने बताए । घर दैलो तथा कोणसभा पछि अनेमासंघले खोर्सानेमा आयोजना गरेको ¥यालीमा सहभागी भएका थिए । ¥याली पछिकाो कोणसभामा ढकाल तथा प्रदेश सभा ख सदस्य उम्मेद्वार राजकुमार ओझालगायतले सम्बोधन गरेका थिए ।

भानुभक्त ढकालको राजनीतिक यात्रा
मोरङ क्षेत्र नं ३ मा बामगठबन्धनको तर्फबाट प्रतिनिधि सभाको उम्मेद्वार बनेका भानुभक्त ढकालको जन्म २०१८ साल कात्तिकमा तेह्रथुमको ओख्रेमा भएको हो ।
स्थानीय सिंहवाहिनी व्यवसायिक माध्यमिक विद्यालय, म्याङ्गलुङ्गमा अनेरास्ववियूको प्राक अध्यक्षबाट राजनीतिक सुरु गरेका ढकालले तेह्रथुम जिल्ला कमिटीको उपाध्यक्ष, अध्यक्ष, काठमाडौ जिल्ला कमिटीको कोषाध्यक्ष र अध्यक्ष हुँदै केन्द्रीय महासचिब भएर २०५३ माघ १६ गतेबाट बिदा लिएका थिए । विद्यार्थी राजनीति हुँदै पार्टी संगठनमा क्रियासिल हुदै २०४५ सालमा तत्कालिन माले पार्टीको सदस्यत प्राप्त गरेका ढकालले उपत्यका ने.क.पा. (एमाले) संगठन विभाग प्रमुख हुँदै पार्टी कमिटी र विभागका विभिन्न जिम्मेवारी लिँदै नेकपा एमाले संंगठन विभागको उपप्रमुख छन् । २०७० समानुपातिक तर्फबाट संविधानसभा सदस्य बनेका ढकालले संविधान मस्यौदा समिति सदस्य र संसद भित्र एमालको प्रमुख सचेतको जिम्मेवारी समेत पुरा गरिसकेका छन् ।