धरान / सुनसरीले काठमाडौं तथा नेपालका पश्चिमी जिल्लाहरु अक्सिजन पठाइरहेको छ । पूर्वका सबै स्थानमा अक्सिजन पु¥याएर पश्चिमी क्षेत्रमा सुनसरी जिल्लाले अक्सिजन पठाएको हो । तर सुनसरीको धरानमा रहेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भने अक्सिजन अभाव भएको कारण अक्सिजन उपलब्दता अनुसार विरामी भर्ना लिने सूचना जारी गरेको छ । यो सूचनाले सुनसरीमा प्रमुख जिल्ला अधिकारी समेत अचम्ममा पर्नु भएको प्रतिक्रिया दिनु भएको छ ।
देशभरका अस्पताल मध्य सबै भन्दा ठूला प्रतिमिनेट १६ सय लिटर अक्सिजन उत्पादन गर्नें प्लान्ट यही बिपी छ । तर अक्सिजन आपूर्तिमा समस्या झेलेर यही विपीमा विरामीको मृत्यु भइरहेको समाचार पनि आइरहेको छ ।

याे समाचार पढ्नुहाेस्:

 बिपी प्रतिष्ठानले अक्सिजन अभावले विरामी फर्काउदैं, बैकल्पिक व्यवस्थाका लागि अक्सिजन सिलिण्डर जोहो गदैं

सोही समाचारहरु र बिपीको सूचनाले प्रजिअ उमेशकुमार ढकाल अचम्ममा पर्नु भएको हो । आफुले उपकुलपति, अस्पताल निर्देशकलगायत पदाधिकारीसँग यथार्थ कुरा सार्वजनिक गर्न निर्देशन दिनु भएको छ ।

प्लान्ट बिग्रिएर अक्सिजन अभाव भएकोले भर्ना नलिने आसयमा विज्ञप्तीवाजी गरेर जनतामा भ्रम र त्रास सृर्जना गरेको प्रति प्रजिअ ढकालले प्रतिष्ठानका पदाधिकारीहरुसँग आक्रोशति हुनु भएको छ । जिल्लामा पर्याप्त अक्सिजन उत्पादन भइरहदा पनि प्रशासनसँग समन्वय नगरी अक्सिजन अभाव भयो भन्दै विज्ञप्ती निकालेकोप्रति प्रजिअ ढकालले आक्रोश व्यक्त गनुृ भएको छ । उहाँले प्रतिष्ठानले निकालेको विज्ञप्ति सुधार गर्न पनि निर्देशन दिनु भएको छ । बिपीको अक्सिजन प्लान्टमा समस्या आए पछि प्रतिष्ठानले अिलिण्डर जोहो गरेको छ । कोभिड अस्पतालको क्षमता अनुसारको सिलिण्डर जोहो गरे पनि हतारमा विज्ञप्ति जारी गरि जनतामा भ्रम सिर्जना भएको छ । यस विज्ञप्तिले बिपी गैरजिम्मेवार भएको आरोप लागेको छ ।

बिपीका ४ दिनकाे अवधीमा तीन विज्ञप्ति
जेठ ६ मा विपी प्रतिष्ठानमा अक्सिजन अभाव भएको र विरामी समस्यामा परेको विष्ढायमा एउटा अनलाइनमा समाचार प्रकासित भएको थियो । समाचार आउनु भन्दा दुई दिन अघिदेखि अक्सिजन प्लान्टमा समास्या आउन थालेको इन्जिनियरिङ विभागले जनाउ दिएको थियो । तर समाचारको खण्डन गर्दै बिपी प्रतिष्ठानले विना हस्ताक्षरको विज्ञप्ति जारी गरेर होइन भनेको थियो । सबै तिर समाचार आए पछि जेठ ८ मा अक्सिजनमा समास्या भएको र विरामी भर्ना नगर्ने आशयको अर्को विज्ञप्ति जारी गर्यो ।

याे समाचार पढ्नुहाेस्: 

विरामी कुरुवा भन्छन्– उपचार नभएर भन्दा पनि खान नपाएर विरामीको ज्यान जाँदो रहेछ

विज्ञप्तिमा भाषागत रुपमा अर्को अर्थ लागेर विरामीले आफै अक्सिजन लिएर आउनु भन्ने खालको सन्देश बाहिर गए पछि प्रतिष्ठानलाई फेरी अर्को विज्ञप्ति जारी गर्नु प¥यो । जेठ ८ गते सहप्रवक्ता डा. चुडामणी पोखरेलको नाममा जारी गरिएको विज्ञप्तिमा ‘आप्mनो अक्सिजन सिलिण्डरको उपलब्धताको आधारमा भर्ना लिई उपचार गरिने व्यहोरो जानकारी गराउन चाहन्छौ’ भन्ने वाक्यले बाहिर नराम्रो सन्देश गएको थियो । सवत्र् आलोचना भए पछि आइतबार जेठ ९ गते फेरी प्रतिष्ठानले अर्को विज्ञप्ति जारी गरेको छ । 

प्रतिष्ठान मार्फत जारी विज्ञप्तीलाई आधार बनाई विभिन्न शिर्षकमा समाचारहरु प्रकाशित हुँदा सर्वसाधारणमा नकारात्मक सन्देश प्रवाह हुन पुगेको भन्दै प्रजिअ ढकालले विपी प्रतिष्ठानलाई तत्कालै अर्को विज्ञप्ती प्रकाशित गरी वास्तविकता बाहिर ल्याउन निर्देशन दिनु भएकाे थियाे ।

अक्सिजन प्लान्ट हेर्न विज्ञताका आधारमा भन्दा पनि उपकुलपति प्राडा ज्ञानेन्द्र गिरीको नजिककाे मान्छेलाई  जिम्मेवारी दिएर आफु अनुकुलको ठेकेदारलाई अक्सिजन प्लान्ट मर्मत तथा पार्टपूर्जा सप्लाइ गर्न दिदा भएको समस्या ढाकछोप गर्न खोज्दा प्रतिष्ठानले ४ दिनमा तनि वटा एउटै विषयमा विज्ञप्ति जारी गर्नु परेको छ ।

6
जेठ ६ गतेकाे विज्ञप्ति ।

Notice- 2078-2-8 (1) copy

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
अक्सिजन अभाव भएकाे विषयमा निकालिएकाे विज्ञप्ति ।
Dhanyakarshan barey
सिडियाेकाे निर्देशन पछि आइतबार निकालिएकाे विज्ञप्ति ।