धरान / देशभरका अस्पतालमध्ये सबैभन्दा ठूलो अक्सिजन प्लान्ट भएको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले फुलफेजमा आफ्नो प्लान्ट चलाउन सकेको छैन् । करोडौं खर्चेर बनाएको प्लान्ट फुलफेसमा सञ्चालन नगर्दा यति बेला अक्सिजन अभावले कोभिड अस्पतालमा असर पर्न थालेको छ ।
प्रतिमिनेट १६ सय लिटर अक्सिजन उत्पादन गर्न सक्ने प्लान्ट छ । तर, व्यवस्थापनले प्लान्ट पूर्ण सञ्चालनमा ल्याउन सकेको छैन । प्लान्टमा अहिले दैनिक ८ सय लिटर मात्र अक्सिजन उत्पादन भइरहेको छ । त्यो पनि ओभरलोड भएर बेला बेलामा काम नगर्दा कोभिड अस्पतालका विरामीमा असर परिरहेको प्लान्टमा काम गर्ने एक इन्जिनियरले बताए । गत सोमबार यता विहान ९ बजे देखि शुक्रबार विहान ९ बजे सम्म प्रतिष्ठानका सह प्रवक्ता डा. चुडामणी पोखरेलले उपलब्द गराएको तथ्याङ्क अनुसार १८ जना सङ्क्रमितको मृत्यु भएको छ । तीन दिन यता अक्सिजन प्लान्टमा समस्या आएको कारण कोभिड अस्पतालमा भर्ना गरिएका विरामी प्रभावित भएको बताइएको छ ।
कोभिड अस्पतालमा पाइपलाइनबाट जोडिएको पाइपमा अक्सिजन आएको नआएको थाहै नहुँदा विरामी प्रभावित हुने गरेका छन् ।
बैकल्पिक प्लान्टको आवश्यक
फेसबुक पेजमा पत्रकारहरुको अकिसजन अभावको पोष्ट आए पछि बुधबार राती माओवादी केन्द्रका धरान नगर इञ्चार्ज चोत्लुङसहितको टोली अक्सिजन प्लान्ट स्थलमा पुग्नु भएको थियो । फुलफेजमा नचलेको पाएको र अस्पताल सहायक निर्देशक डा. प्रमोद बरालले अक्सिजनमा समस्या आएकाले व्यकअपका लागि सिलिण्डर संकलनमा लागेको बताएको नेता चोत्लुङले जानकारी दिनुभयो । बरालले सिलिण्डर भए अस्पताललाई सहयोग गर्नसमेत आव्हान गरेको उहाँको भनाई छ । बिपीमा बैकल्पिक प्लान्ट व्यवस्था नगरे ठूलो समस्या हुने देखिएको उहाँका बुझाई छ ।
प्रतिष्ठानको अक्सिजन प्लान्टमा काम गर्ने एक कर्मचारीका अनुसार प्रति मिनेट ८ सय लिटर अक्सिजन उत्पादन गर्ने दुई वटा टावर मध्य एउटा बिग्रेको महिनौ भएको छ । अर्को टावरमा लोड बढी हुदा बेला बेलामा काम नगर्ने समस्या भएको छ । ‘अकिसजनले काम नगरेको थाहै हुदैंन त्यसको असर विरामीमा देखिन्छ । यसलाई सुधारर्न प्रतिष्ठान प्रशासनले चासो दिएको छैन् ।’–ती कर्मचारीले भन्नु भयो । विहीबार रातीसम्म प्रतिष्ठानमा १४ जना आइसियुमा, २३ जना डिएचयुमा र अन्य अक्सिजन वेडमा गरि ८० जना विरामी उपचारर्थ छन् ।
प्लान्टमा एउटा जियोलाइट भन्ने औजार हुन्छ । विरामी बचाउन लोड बढी भए पनि चलाइ राखेको छ । जियोलाइट जले पनि कम्पनिको रिक्समा भएकाले आफुहरुले चलाइराखेको ती कर्मचारी बताउछन् । लोड बढि गरेर चलाउन ‘जियोलाइट’ जल्ने खतरा हुन्छ । प्लान्टको जिम्मालिएको काठमाडौंको डाग्नोकेन इन्टरनेसनल कम्पनिका प्रतिनीधिहरुले हाल मर्मत गरिहेका छन् । तर प्रतिष्ठानमा अक्सिजन प्लान्टको व्याकअफ नहुदा बेला बेला समस्या आउने गरेको छ ।
सिलिण्डरबाट काम चलाउदैं
विपीसँग ११५ वटा सिलिण्डर छ । रोटेशन गर्न र कोभिडको लागि चलाउन कमसेकम ५ सय सिलिण्डर चाहिन्छ । एक दिनमा ३५० सिलिण्डर आवश्यक पर्छ । बजारमा प्रतिष्ठानका लागि सिलिण्डर पाउन गाह्रो छ । प्लान्ट चलेन भने विरामी बचाउन नसकिने कोभिड अस्पतानलका एक फोकल परसन स्वय बताउछन् । विनय अक्सिजनसँग केही सिलिण्डर ल्याएर यति बेला काम चलिरहेको छ ।
प्रतिष्ठानले अक्सिजन प्लान्ट मर्मतको जिम्मा डाग्नोकेन इन्टरनेसनललाई दिइएको थियो । यसका ठेकेदार विज्ञान अर्याल हुन् । उहाँको अक्सिजन प्लान्टलगायतका अन्य प्रतिष्ठानलाई चाहिने सामान समयमा उपलब्द नगराएर कालो सूचीमा राखिएको कम्पनि हो । तर इलेक्ट्रोमेड इन्जिनियर राहुल मिश्राको मिलेमतोमा उपकुलपति प्राडा. ज्ञानेन्द्र गिरीले सार्बजनिक खरिद ऐन बिपरित २५ लाख भुक्तानी दिइएको थियो । फेरी अक्सिजन प्लान्ट बनाउन उहाँले २० लाखको बार्गेनिङ गरिरहेको श्रोतले बताएको छ ।
इन्जिनियर मिश्राको मिलेमतोमा विरामीको समबेदना नै प्रवाह नगरि प्लान्ट बनाउन २० लाख भुक्तानी गर्नु पर्ने बताएदैं आएका छन् । कर्मचारी, व्यापारी र पदाधिकारीहरुको बार्गेनिङमा विरामीको ज्यान जाखिममा पार्ने खेल शुरु भएकाले नागरिक समाज र स्थानीय प्रशासनले प्रतिष्ठानको गैरजिम्मेवार कामको निगरानी गर्नु पर्ने कोभिड अस्पतालमा कार्यरत एक कर्मचारीले बताउन ुभयो ।
प्रतिष्ठानमा भएको यस्तो लापावाही तत्काल सुधार गर्न आफुले उपकुलपति डा. ज्ञानेन्द, अस्पताल निर्देशक डा. गौरीशंकर साह र रजिष्टार डा. मोहनचन्द्र रेग्मीलाई आग्रह गरेको बताउन ुभयो । यस विषयमा प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकालले अक्सिजनको बैकल्पिक व्यवस्थापनमा लाग्न आग्रह गरेको बताउनु भएको छ ।
यस विषयमा कुरा गर्न प्रतिष्ठानका उपकुलपति प्राडा ज्ञानेन्द गिरीलाई मोवाइन नं. ९८०४०६०८६०.. कल गर्दा सम्पर्कमा आउनु भएन । प्रतिष्ठानको आधिकारीक सूचना प्रवाह गर्ने सह प्रवक्ता डा. चुडामणी पोखरेललेसमेत फोन उठाउन ुभएन । अन्य कोभिडमा कार्म गर्ने कर्मचारी चिकित्सकसँग बुझ्दा आफुले कुनै सूचना प्रवाह गर्न मिल्ने बताउछन् ।
बुधबार मात्र ७ जना सङ्क्रमितको मृत्यु भएको कोभिड अस्पतालको डिस्चार्च रिर्पोटमा उल्लेख छ ।
विरामीका आफन्तहरुको गुनासोको चाङ
सर्लाहीको कोभेना गाउँपालिका–१ का शम्भु राउतकी आमाको बुधबार राती ११ बजेर ५ मिनेटमा मृत्यु भयो । आन्दामा समस्या भएर ९ दिन अघि बैशाख २८ गते बिपी प्रतिष्ठानमा भर्ना गरिएको थियो । उहाँलाई कोभिड भएको पुष्टि भए पछि कोभिड अस्पताल मै अपरेसन भएको थियो । प्रतिष्ठान प्रशासनले कोभिड विरामीको सफल अपरेशन भनेर निकै प्रचारसमेत गरेको थियो । दुई दिन अघि सफल अपरेशन भएर विरामीको अवस्था राम्रो भएको चिकित्सकले खवर दिएको छोरो शम्भुले बताउनु भयो । बारम्वार विरामीको अवस्था राम्रो छ भनेर खवर दिए । मृत्यु हुनु एक घण्टा अघि ठिक छ भनेर खवर आयो । १२ बजेतिर त बचाउन सकिएन भनेर खवर गरे ।’–टेलिफोनमा शुम्भु राउतेले भन्नु भयो । –‘मेरो विरामी अक्सिजन अभावले मृत्यु भयो ।’ अन्तिमसम्म ठिक छ भनेर एकै चोट िबचाउन सकिएन भनियो । यहाँ विरामी माथि ठूलो खेलवाड हुदो रहेछ । यसको निगानी गनुृ पर्ने उहाँको भनाई छ । ‘व्यवस्थापनको गैरजिम्मेवारीपनले मेरो विरामीको ज्यान त गयो अव आउने विरामीको अकालमा ज्यान नजाओस ।’– उहाँले भन्नु भयो ।
मोरङ केरावारीका एक सङ्क्रमित ज्वरो आएर १५ दिन अघि अस्पताल भर्ना हुनु भएको थियो । बुधबार मात्र उहाँ सामान्य अवस्थामा आएर घर फर्कनु भएको छ । भित्र पाइपलाइनमा अक्सिजन छ छैन् । विरामीको कस्तो अवस्था छ । केही थाहा नपाइने उहाँ बताउनु हुन्छ । बिपीमा उपचार नपाएर भन्दा पनि खान नपाएर विरामीको मृत्यु हुने गरेको आफुले पाएको उहाँको भनाई छ । ‘आफ्नै अगाडी ४ जना विरामीको मृत्यु भएको देखे अक्सिजन पाइपलाइनमा आए नआएको भगवान जानुन ।’–उहाँले भन्नु भयो । –‘उपचारमा खोट लगाउने अवस्था छैन् तर व्यवस्थापन भने राम्रो रहेनछ ।’
धरान–१३ का डम्बर तामाङका आफन्तको बुधबार कोभिड अस्पतालमा मृत्यु भयो । एचडियु (हाई डेपेन्डेन्सी युनिट)मा उपचार भइरहेको उहाँका आफन्तको सुधार भइरहेको खवर चिकित्सकले गरिरहेको बेला एक्कासी बचाउन सकिएन भन्ने खवर आउदा आफु छक्क परेको बताउनु भयो । ‘सुधार भइरहेको खवर प्रवाह गदैं गर्दा एक्कासी कसरी मेरो मान्छेको मृत्यु भयो । प्रतिष्ठानमा व्यवस्थापनमा लावारवाही भएको कुरा यहीबाट पुष्टि हुन्छ ।’–उहाँले टेलिफोन सम्पर्कमा भन्नु भयो । अक्सिजन अभावमा यहाँ धेरैको ज्यान गुमेको उहाँको भनाई छ । विरामी हेर्ने र उनीहरुलाई खाना पानीको बस्दोबस्त गर्ने जनशक्ति निकै कम भएका कारण पनि विरामी खान नपाएर मर्ने गरेको उहाँले अस्पताल धाउदाको अनुभव सुनाउनु भयो । ‘आफ्नो विरामीको अवस्था के छ कसरी उपचार हुदैं छ भन्ने कुरा विरामीको आफन्तलाई सिसिटिभी मार्फत हुर्न दिने र आफन्तसँग सूचना आदन प्रदान गर्ने सयन्त्र कोभभिड अस्पतालमा अभाव भएको तामाङको भनाई छ ।
बिपी प्रतिष्ठानमा व्यवस्थापनको चरम लापारवाही आफुले देखेको धरान–१६ का एक सङ्क्रमितका आफन्त राजेन्द्र प्रसाद बजगाईले बताउन ुभयो । जो जो विारमीले ज्यान गुमाएका छन् उनीहरु उपचार नपाएर भन्दा पनि त्यहाँको व्यवस्थापनमा लापारवाहीले मरेको उहाँको दावी छ । सुधारका लागि सबै निकायमा आफुले भन्दा पनि सुनुवाई नगरेको उहाँले बताउनु भयो ।
चिकित्सक कर्मचारीलाई पनि गाह्रो छ
प्रतिष्ठानमा कोभिड हेर्ने दुई जना चिकित्सकलाई फोकल परसन तोकिदिएको छ । डा. विकास साह र डा.इन्द्र लिम्बुलाई तोकेको छ । उहाँहरुलाई प्रदेश तथा संघको मन्त्रालयबाट तथा मन्त्रीको हवाला दिदैं बेड मिलाउन फोन आउने गरेको छ । तर प्रतिष्ठानलाई आवश्यक अतिरिक्त अक्सिजन प्लान्ट व्यवस्थापन गर्न सकैको नजर गएको छैन् । एक फोकल परसनले भन्नु भयोे–‘मुख्यमन्त्री शेरधन राईको सचिवालयबाट सचिव बोलेको भन्दैं वेडका लागि अक्सिजन मिलाई दिन बारम्वार फोन आउछ । प्रदेश सरकारले एउटा अक्सिजन प्लान्ट बिपीमा राखि दिए धेरैको ज्यान बचाउन सकिन्थ्यो नी ।’ कसरी व्यवस्थापन भईरहेको छ कसैले खोजी गदैंनन् तर बेड मिलाउन दवाव मात्र आउने गरेको त्यहाँ कार्यरत चिकित्सक कर्मचारीको अनुभव रहेको छ ।
कमिसनमा नमिलेर अक्सिजन सिलिण्डर ठेक्का रद्ध
कोभिड अस्पतालमा अक्सिजन सप्लाईका लागि केही समय अघि बिपी प्रतिष्ठानले ठेक्का आव्हान गरेको थियो । दुर्गा अक्सिजनले ठेक्का पारेकाे थियाे । अक्सिजन प्लान्टमा काम गर्ने इनञ्जीनियरकाे अनुकुल कम्पनि नपरे पछि उक्त ठेक्का रद्ध गरिएको थियो । उक्त अक्सिजन सिलिण्डर आएको भए पनि केही राहत हुने थियो ।
अक्सिजनको कथाःः प्लान्ट ठेक्का मै खोट
पूर्व उपकुलपति प्राडा विपी दासको पालामा २०७३ जेठ १४ गते कार्यकारिणी समितिबाट खरिद स्वीकृत लिएर काठमाडौंको डाइग्नोकेम इन्टरनेसनलसँग असार २९ गते सम्झौता गरेर प्लान्ट खरिद गरे पनि ठेकेदार कम्पनिले प्लान्टलाई पूर्णरुपमा सञ्चालन गर्न आवश्यक औजार हालसम्म आपूर्ति नगर्दा अस्पताल प्रशासन अन्य निजी कमपनिसँग अक्सिजन खरिद गरिरहेको अवस्था छ ।
समझौताको ४ नं बुँदामा आपूर्तिहुने उपकरण प्रतितपत्र खोलेको १२० दिनमा आपूर्ति गर्ने, यदि नभए ०।०५ प्रतिसत हर्जना लाग्ने उल्लेख गरिएको थियो । सम्झौताको पहिलो बुँदामै मेसिन जडान, आपूतिको वारेन्टीरग्यारेन्टी अवधी ५ बर्ष तोकिएको थियो । २०७३ साल मै एलसी खोलिए पनि सम्बन्धित कम्पनिले २०७५ माघ १३ गतेसम्म मेसिन जडान गर्न सकेन ।
तत्कालिन उपकुलपति प्राडा विपी दास र इन्जिनियरिङ विभगाका इन्जिनियर राहुल मिश्रको मेलेमतोमा कम्पनिलाई १०० प्रतिशत नै एडभान्स रकम उपलब्द गराएका कारण तीन बर्षसम्म प्रतिष्ठानलाई समान दिएन ।
२०७५ माघ २४ मा ३ करोड २४ लाख रुपैयाँ लगानीमा अर्को प्लान्ट जडान गरियो तर कमसन सामानका कारण पूर्णरुपमा सफल हुन नकेन । पटक पटक मर्मत गदैं आधा प्लान्ट प्रतिष्ठानले चलाइरहेको छ । टेन्डर पारेको काठमाडौंको डाइग्नोकेन प्रालिले १ सय २० दिनभित्र जडान गरिसकेर परीक्षण र सञ्चालन गर्नुपर्ने सम्झौता थियो । ०७५ भदौ अन्तिम सातामा मात्र युनिषी इन्डियासँग मिलेर ल्याएको उपकरणमा आवश्यक औजार नदिए डाइग्नोकेनका प्रतिनिधि विज्ञान अर्याल सम्पर्कविहीन हुनु भएको थियो । प्रतिष्ठान व्यवस्थापनले ठेकेदारलाई कारबाही प्रक्रियामा जाने चेतावनीपत्र लेखेपछि युनिषीले पठाएको प्राविधिकले प्लान्ट जडान गर्यो र टिकाउ हुन सकेन । १६ सय लिटर प्रतिमिनेट उत्पादन क्षमताको नयाँ प्लान्टबाट अन्तर्राष्ट्रिय मापदण्डअनुसार शुद्ध अक्सिजन उत्पादन हुने भनिएको थियो ।
तर उत्पादन नै बन्द भएपछि प्रतिष्ठानले निजी क्षेत्रको कम्पनीबाट खरिद गरिहरको छ । सेटिङमा खरिद गरिएको तीन करोड २४ लाख लागतमा खरिद गरिएको मेसिनका पार्ट पूर्जा ठेकेदार कम्पनिले आपूर्ति गरेको थिएन । टेन्डरको स्पेसिफिकेसन अनुसारका ठेकेदार कम्पनिले उपलब्द गराउनु पर्ने इलेक्ट्रिक केवल, एयर सरक्युट व्रेकर, इन्टरनल वाइरिङ, त्यसमा जडानहुने फ्यान, लाइट कम्पनिले आपूर्ति गरेको थिएन ।
प्लान्टका लागि आवश्यक अपरेटर च्याम्वर, मुख्य उपकरण अटोमेटिक चेन्ज ओभर सिष्टम प्प्यानललगायतका करोडौ पर्ने सामान ठेकेदार कम्पनिले आपूर्ति नगरेका कारण ३ बर्षसम्म अक्सिजन प्लान्ट सञ्चालनमा आउन सकेन । ठेक्काको सबै रकम मिलेमतोमा भुक्तानी गरिएकाले प्लान्ट इन्स्टल गर्न कम्पनिले चासो देखाएन । प्रतिष्ठान कै कर्मचारीको मिलेमतो भए पछि अस्पताल प्रशासन मुकदर्शक बन्यो ।
उक्त प्लान्ट प्रतिष्ठान प्रशासनले नै कमसन भएको ठहर गरे पनि केही पदाधिकारी र कर्मचारीको मिलेमतोमा मर्मत गदैं मर्मत बापतको कमिसन मिलाएर खाने गरेको प्रतिष्ठानका एक कर्मचारी बताउँनु हुन्छ । प्लान्टमा नै खोट भएका कारण बेला बेलामा समस्या आउने गरेको उहाँको भनाई छ ।
गलत व्यक्तिको हातमा प्लान्ट
इन्जिनियरङि कम्पनिको सामान्य मान्यता अनुसारअक्सिजन प्लान्टको काम वायो मेडिकल इन्जिनिरले गर्नु पर्ने हुन्छ । तर प्रतिष्ठानको अक्सिजन प्लान्ट हेर्न इलेक्ट्रिक इन्जिनियर राहुल मिश्रालाई दिइएको छ । विज्ञ व्यक्तिको अभावमा पनि प्लान्ट सञ्चालनमा असफल भएको बताइएको छ ।