धरान / धरानको पर्यटकीय क्षेत्रले विकासको फड्को मार्ने भएको छ । जन प्रनिनिधी आएपछि दशकौंदेखि विकास हुन नसकेको धरान उपमहानगर भित्रको पर्यटकीय क्षेत्रले अव विकासको फड्को मार्ने भएको हो । उपमहानगरले अहिले सम्मकै सवैभन्दा ठुलो “भोल्युम” को वजेट विनियोजन गरेको छ । मेयर तारा सुव्वाले धरानको पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनको लागि एक करोड वजेट विनियोजन गरेसँगै अहिले सो वजेट कार्यान्यनको अन्तिम चरणमा पुगेको धरान उपमहानगरले जनाएको छ । धरान उपमहानगरले वजेट कार्याँन्वयन गर्न छुट्टै पर्यटन प्रवद्र्धन उप समिती वनाएको छ । सोही उप समितीले योजना बनाएर कार्यान्यन गर्ने भएको छ । मेयर सुव्वा संयोजक र महेन्द्र बहुमुखी क्याम्पसका प्राध्यापक किसोर थ्ुल्ङ्गको सह संयोजक रहको उप समितिमा भर्खरै मात्रै गठन भएको छ । उप समितीले प्रदेश नम्बर १ कै मुख्य क्षेत्रको रुपमा धरानको पर्यटन क्षेत्रलाई विकास गरेर लैजाने सह संयोजक किसोर थुलुङ्गले बताए र्। हामी ३ दिन भित्र काम सक्छौ , अव योजना कार्यान्वयनको लागि वजेटिङ्ग ४ दिन भित्र बनाएर कार्यान्यनको दिसामा अघि वढ्ने छौं ।’, थुलुङ्गले भने । उनका अनुसार धरानमा आसपासमा रहेका पर्यटकीय संभावना बोकेका स्थानहरुको पहिचानसमेत गरिने भएको छ । सम्भावित क्षेत्रको पहिचान गर्ने , पूर्वाधार विकास , संस्थागत विकास , पर्यटन प्रर्वद्धन , क्षमता विकासलगायतको योजनाहरु पहिलो प्राथमिकतामा भएको थुलुङ्गको भनाई रहेको छ । प्रदेश नम्बर १ को मुख्य क्षेत्रको रुपमा विकास गर्ने धरान उपमहानगरको लक्ष्य रहेको छ । “धरानको पर्यटनले प्रदेश १ लाई जोड्ने छ , त्यसका लागि उपमहानगरले ठोस योजना बनाएर अघि वढ्ने छ ”थुलुङ्गले बताए ।