धरान / सुनसरीको धरान उपमहानगरपालिकामा पर्यटनको विकास तथा प्रर्वद्धनको लागि पदमार्ग पहिचान थालिएको छ । स्थानीय सरकार बनेपछि उपमहानगरपालिकाले स्थलगत अध्ययन शुरु गरेको हो । समितिले पहिलो चरणअन्तर्गत धरानमा पदमार्ग र होमस्टेबारे अध्ययन शुरु गरेको धरान उपमहानगरपालिकाका पर्यटन पर्यटन प्रर्वद्धन समिति,का सहसंयोजक किशोर थुलुङले जानकारी दिए ।  
पदमार्ग अध्ययन टोलीले धरान–४ वसन्तटारस्थित अग्र्यानिक गाउँदेखि दानाबारी गढी थुम्की हुँदै सेर्गेसम्म स्थानीयवासीसँग छलफल गर्दै अध्ययन गरेको छ । दानाबारी, हर्दियादेखि सेर्गे गाउँ हुँदै नाम्जेको बीचमा इको ट्र्याक र क्यानोनिङका लागि उपयुक्त स्थल पनि फेला पारेको पर्यटन प्रर्वद्धन समिति, धरानका सदस्य लेखमणि जिमीले बताए । दानाबारी पछिल्लो समयमा धरानेका लागि हाइकिङ ९पदयात्रा० गन्तव्य बन्दै गएको छ । यहाँको भ्यू प्वाइन्टबाट मौसम खुल्दा धरानका साथै तराईको सुन्दर दृश्यावलोकन समेत गर्न सकिन्छ ।
यो पदमार्गमा दानाबारी सम्मको एक दिनको हाइकिङ गर्न सकिन्छ भने दुई दिन एक रात वा तीन दिन दुई रातको प्याकेजमा ट्रेकिङ गर्न सकिन्छ । पदमार्गमा पहिचान भएका क्षेत्रमा पर्यटन सम्बन्धि सचेतना कार्यक्रमसहित भौतिक संरचना निर्माण गरिने पर्यटन प्रवद्र्धन समितिका सहसंयोजक किशोर थुलुङले बताए ।
पर्यटन प्रर्वद्धन समितिले गन्तव्यस्थलको पहिचान र साहसिक खेल प्रवद्र्धन गर्ने कार्ययोजना बनाएर अघि बढ्न सके धरानलाई पर्यटकीय क्षेत्रको रुपमा विकास सँगै पर्यटन व्यवसायलाई आर्थिक स्रोतको मूल आधार बनाउन सकिनेमा कुनै दुई मत देखिँदैन । त्यसैले धरान उपमहानगरपालिकाले थालेको कामलाई प्रचारका लागि प्रचार मात्र नगरी यसलाई अन्तिम रुप दिन जरुरी देखिन्छ । धरानलाइृ पर्यटकीय गन्तव्यको नमुना बनाउन उपमहानगरले अभियान थालेको नगरप्रमुख तारा सुब्वाले जानकारी दिएका छन् ।