धरान / धरान नगरपालिका १८ न.ं वडासमिति अन्तर्गत वडास्तरीय बालमैत्री स्थानीय शासन समन्य समितिको सदस्यमा बाल रोग विशेषज्ञ डा. अरुणकुमार सिंह मनोनित भएका छन् ।
विपी प्रतिष्ठानको बाल रोग विभागमा कार्यरत डा. सिंहलाई वडाको गत पुस १६ गते बसेको बेठकले मनोनित गरेको वडा अध्यक्ष नरेन्द्रकुमार राई(प्रविन)ले जानकारी दिए । वडालाई बालमैत्री बनाउन सहजहोस भनेर चिकित्सकलाई पनि समेटिएको वडा कार्यलयले जनाएको छ ।