उदयपुर /। स्थानीय सरकारको लगानीमा चौदण्डीनगरपालिकामा कोरोना अस्पताल बन्ने भएको छ । उदयपुरका ८ वटै स्थानीय तहको लगानीमा चौदण्डीगढी नगरपालिका को वडा नं. ६ स्थित सातधारेमा अस्पताल निर्माण गर्न लागिएको हो ।

शसस्त्र प्रहरी बेश क्यामको लागि निर्माण गरीएको भवनमा कोभिड अस्पताल निर्माणको शिलान्यास गरिएको छ । त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी, चौदण्डीगढी नगरपालिकाका प्रमुख खगेन्द्र राई, र बेलका नगरपालिकाका प्रमुख दुर्गा थापा (स्वस्ति) को हातबाट बिहिबार कोभिड अस्पताल निर्माणको लागि शिलान्यास गरिएको छ।
स्थानिय विभिन्न दलका पार्टी प्रतिनिधि, वडा अध्यक्ष, प्रहरी प्रशासन को उपस्थितिमा कोभिड अस्पताल शिलान्यास भएको हो।
तत्काल उदयपुर जिल्लाका आठ वटै स्थानीयतहको कुल १ करोड लागतमा कोभिड अस्पताल निर्माण शुरु गरिएको त्रियुगाका मेयर बलदेव चौधरीले जानकारी दिए । यस कोभिड अस्पतालको लागि सहयोग गरिदिन प्रदेश सरकर र संघीय सरकारसँग पनि अनुरोध गरिसकिएको बताए ।
उता पत्रकारले राखेको जिज्ञासाको उत्तर दिदै बेलका नगरपालिकाका मेयर दुर्गा थापा ले ४ गाउँपालिका ले १० लाख र ४ नगरपालिकाले १५ लाखको दरले सहयोग गर्ने र तत्काल १ करोड लागतमा अस्पताल निर्माण गरिने बताए ।
शिलान्यास कार्यक्रममा बोल्दै त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले वहाँकै अध्यक्षतामा उदयपुर बिकास बोर्ड गठन गरिएको र उक्त बोर्डमा बेलकाका नगर प्रमुख सचिब, उदयपुरका सबै पालिकाका प्रमुख उपप्रमुख सदस्य रहेका छन भने प्रदेश सांसद र संघीय सांसद सल्लाहकार रहेको बताए ।  उक्त गठित उदयपुर बिकास बोर्डले तत्काल चौनपामा कोभिड अस्पताल निर्माण गर्ने निर्णय गरे अनुसार आजबाट प्रक्रिया शुरु गरिएको जानकारी दिए ।

शिलान्यास कार्यक्रममा बोल्दै चौनपाका मेयर खगेन्द्र राईले ससस्त्र प्रहरी को बेश क्याम्पका लागि भनेर निर्माण गरिएको यस क्षेत्रमा हाल भारत लगायतका मुलुक बाट आएका ११ जना क्वारेन्टाइनमा बसेको भए पनि तत्काल वहाँहरुलाई अन्य बैकल्पिक क्षेत्रमा सारेर यस ठाउमा ससस्त्र प्रहरी बेश क्याम्पको लागि समेत स्पेस राखेर कोभिड अस्पताल निर्माण गरिने बताए ।
कार्यक्रममा बोल्दै उपस्थित तीनै नगरका नगर प्रमुख ले विशेषज्ञ डाक्टर सहितको सुबिधा सम्पन्न अस्पताल निर्माण गरिने बताएका छन। कार्यक्रममा त्रियुगा नगरपालिकाका उप मेयर देवी कुमारी चौधरी, चौदण्डीगढी नगरपालिकाका उपमेयर रीता कुमारी चौधरी लगाएतको उपस्थीती रहेको थियो । तत्काल २० बेड क्षमताको अस्पताल निर्माण हुने भए पनि यहाँ १०० बेडको अस्पताल निर्माण गरिने लक्ष रहेको चौनपा प्रमुख खगेन्द्र राईले बताए ।