मदन कार्कीी

उदयपुर ।  नेपालमै पहिलो पटक सबैभन्दा धेरै १२ संक्रमित देखिएको उदयपुर जिल्लामा पछिल्ला दिनमा संक्रमित भेटिएका छैनन् । जिल्लाका ८ स्थानीय तहले परीक्षणलाई तीव्रता दिएका छन् । जिल्लाको पूर्वी बेलका नगरपालिकामा अहिलेसम्म २ सय ३१ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ ।

मंगलबार मात्र नगरपालिकाका कर्मचारी, जनप्रतिनिधि, फ्रन्टलाइनमा रहेर खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मीलगायत परीक्षण गरिएका सबैकाे रिपोर्ट नेगेटिभ आएको छ । विराटनगरको कोभिड उपचार केन्द्र र धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गरिएको हो । थप २९ जनाको स्वाब संकलन गरी काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको बेलका नगरपालिकाका नगरप्रमुख दुर्गाकुमार थापाले जानकारी दिए ।

‘पीसीआर विधिबाट अहिलेसम्म २ सय ३१ जनाको परीक्षण गरियो, सबैको रिपोर्ट नेगेटिभ आएको छ । थप २९ जनाको स्वाब परीक्षणका लागि काठमाडौं पठाएका छौँ’,उनले भने ।