फत्तेपुर /  सप्तकोसी नगरपालिकामा भारतलगायत अन्य देश तथा नेपालका विभिन्न ठाउँबाट घर आएका तथा कोरोना शङ्कास्पद क्षेत्रका स्थानीयको कोरोना परिक्षण गरिएको सप्तकोसी नगरपालिका का प्रमुख उत्तम कुमार शर्मा ले बताए ।
गत हप्ता नै १ सय ७० जनाको आरडिटी बिधिबाट कोरोना परिक्षण गरिएता पनि सङ्का निवारण का लागि पिसिआर बिधिबाट पुन परिक्षण गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादबले बताए । ज्११२ जनाका्े पिसिअार टेष्ट गरिएकाे छ । 
आइतबार सङकलन गरिएको स्वाबको भोली बेलुकासम्ममा फाइनल रिपोर्ट आइसक्ने यादबले बताए। स्वाब सङ्कलनका क्रममा जनप्रतिनिधि र सुरक्षाकर्मीसमेतको सङ्कलन गरिएको थियो।
सप्तकोसी नगरपालिका गोबैज माबि फत्तेपुरमा सन्चालन गरेको क्वारेन्टाइनमा आज स्वाब सङकलन गरिएको थियो। पछिल्लो समय नगर भित्र संचालित दुई क्वारेन्टाइन मा १५ जनालाइ राखिएको स्वास्थ्य शाखा प्रमुख महेश चौधरीले बताए । तस्विरहरु: शिवप्रसाद अाचार्य95337876_905629533241087_9173499495088914432_n 94684254_2274101179562108_4039650620037136384_n 94729830_671081343657353_9164805828446781440_n 95022688_2814211435367747_1186506860371378176_n 94632410_236348264145275_8967428957091659776_n