राजविरा । विश्वव्यापी महामारीको रूपमा फैलिसकेको कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि सबल नेपालले जिल्लाको पश्चििमी भेगमा रहेको स्वास्थ्य संस्थालाई नौ प्रकारको सामग्री हस्तान्तरण गरेको छ ।

सेभ द चिल्ड्रेनको सहयोगमा सप्तरीको सुरुङ्गा र खडक नगरपालिकाकाको कुशहास्थित माविमा राखिएको सेल्फ क्वारेन्टाइन र हेल्प डेस्कमा खटिएका स्वास्थ्यकर्मी र बिरामीका लागि सो सामग्री हस्तान्तरण गरिएको जनाइएको छ ।

पाँच थान ह्यान्डल सहितको मोप, दुईजोर गमबुट, ५०० मिलीलिटरको स्यानिटाइजर सात वटा, १५ लिटरको प्लास्टिक बाल्टिन दुई थान, युटिलीटी ग्लोब्स २० जोर, सर्जिकल ग्लोब्स २०० एवं साबुन तथा सर्जिकल मास्क एक÷एक सय थान र जनतेतनामूलक पोस्टरसमेत दिइएको सबल नेपालका फिल्ड अधिकृत परमेश्वर झाले बताए ।