फत्तेपुर / कोरोना संक्रमणबाट बच्न तथा लकडाउनको सयममा विपन्नलाईराहत वितरणका लागि बनाइउको बेलका नगरपालिकाको राहत कोषमा अमेरिकामा बस्दैं आएका बेलका नगरपालिका १ तपेश्वरीका एक युवाले नगद २०हजार प्रदान गरेका छन् ।
अमेरिकाको हैरिस्बर्ग पेन्सिलवेनियामा परिवारसहित बस्दैं आएका मदन कार्कीले मेयर दुर्गा थापालाई हस्तान्तरण गरेकाहुन । आफुले गरेको सहयोगले बेलका नगरका विपन्न परिवारलाई केही राहत होस् भनेर सहयोग गरेको कार्कीले बताए ।
तपेशवरीस्थित सामाजिक युवा समुहले स्वास्थ्यकर्मीहरुका लागि १५०० ओटा माक्स उपलब्ध गराएको छ । बेलका नगरपालिका वडा –२ नम्बर क्षेत्रमा राखिएको प्रत्येक हात धुने पानी ट्यान्कीका साथ प्रत्येक ठाउमा २ २ वटाको दरले डिटोल साबुन समेत उपलब्ध गराएको छ ।
आज बेलका नगरपालिका वडा नम्बर २ स्थित १३५ प्याकेज खाध्यन्न बितरण भएको छ । ज्यालादारी गरि बिहान बेलुकी छाक टार्दै आएको बिपन्न परिवारहरुलाई मध्यनजर गरि भोकमरी नहोस भन्ने उदेश्यले बेलका नगरपालिकाले १२५ प्याकेज उपलब्ध गराएको थियो । बेलका सामाजिक युवा समूह ले १७ हजार बराबरको १० प्याकेज गरि जम्मा १३५ प्याकेज खाध्यन्न बितरण गरेको थियो । नगरप्रमुख दुर्गा कुमार थापा ९ क्धयकतष्प त्जबउब ० , २ नम्बर का वडा जनप्रतिनिधिहरु वडाध्यक्ष वडा अध्यक्ष मिश्रीलाल चौधरी, वडा सदस्य कुमार अधिकारी, नगर बिपत ब्यबस्थापन समितिका सदस्य हरि नारायण चौधरी, बेलका सामाजिक युवा समुहका अध्यक्ष ओम कुमार कटेल, बेलका सामाजिक युवा समूहका सल्लाहकार गणेश दहाल, बेलका सामाजिक युवा समुहका स्वयंसेवकहरु , रेड्क्रसका प्रतिनिधिहरु, भागलपुर चौकीका प्रहरी प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

madan karki