धरान / आगामी मंशीर १४ गते हुने उप निर्वाचनबाट नेकपाका उम्मेद्धवार प्रकाश राईलाई जिताउनको लागि धरानका वौद्धिक क्षेत्रका व्यतिmत्वहरुले प्रतिवद्धता जनाएका छन् । आज धरानमा भएको वौद्धिक जमातको भेलाबाट संघ र प्रदेशमा नेकपाकै नेतृत्व भएकाले धरानको विकासका लागि नेकपाको नेतृत्वको विकल्प नभएको उनीहरुले निष्कर्षसमेत निकालेका छन् ।
नेकपाका केन्द्रीय सदस्य धर्मराज निरौलाको प्रमुख आतिथ्यतमा सम्पन्न भएको भेलामा स्वं मेयर तारा सुब्वाले थालेका योजना पुरा गर्न पनि प्रकाश राईको नेतृत्व अपरिहार्य भएको उनीहरुले बताएका थिए । वौद्धिक जमातमा आवद्ध विभिन्न पेशाकर्मी, वकिल, स्वास्थ्यकर्मीलगायत कर्मचारीहरुको भेला भएको थियो । भेलालाई संवोधन गर्दै प्रमुख अतिथी निरौलाले सूर्य ध्वजावाहकका उम्मेद्धवारको विजय सुनिश्चित भइसकेकोले विपक्षी पाटीका उम्मेद्धवारले विभिन्न आरोप प्रत्यारोप गरेपनि कुनै तकु नभएको वताएका छन् । भेलामा वोल्दै राम बहादुर विष्टले धरानको विकासको गति कायम गराउन नेकपाको जित आवश्यक भएको बताए ।
त्यसैले चुनावी मैदानको युद्धमा अवको ६ दिन सम्पुर्ण वौद्धिक वर्गहरु एक भएर लाग्नु पर्ने पनि विष्टले आग्रह गरेका छन् । भेलामा नेकपाका नेता गुरु वराल,जिल्ला सुनसरी सदस्य मुरारी सुवेदी, वेण काफ्लेलगातयका नेताहरुले संवोधन गरेका थिए ।

74489724_116663713120341_7913383659837587456_o