सप्तरीको सप्तकोसी नगरपालिका ऐतिहासिक नगरपालिका हो । मुलसकै जेठो नगर चन्द्र नहरको मुहान यही रहेको छ । चन्द्रसम्शेरको पालामा बनेको ऐतिहासिक भवनहरु पनि यही रहेका थिए । अझै पनि अवशेषहरु रहेका छन् । यस्ता ऐतिहासिक भरोहर भएको नगरमा भएका त्यो इतिहासलाई संरक्षण गर्न नसक्नु विडम्बना हो ।
चन्द्र सम्शेर राणा पूर्व आएका बेला बस्ने घरहरु थिए । पुराना इटाबाट निर्मित ती भवन आधा दर्जनको संख्यामा थिए । तर हाल सबै भवनहरु जिर्ण बनेका छन् । ती भवनलाई जिर्णोद्वार गरि इतिहास हेर्न विदेशी तथा स्वदेशी पर्यटकहरु तान्न सकिन्छ । स्थानीय सरकारले त्यसका लागि पहल गर्नु वाञ्छानिय हुने छ ।
चन्द्र सम्शेर सुत्ने कोठा, आराम गर्ने कोठा, बैठक रुम, अतिथि गृह, स्टोर रुमलगायतका कोठा भएका ऐतिहासिक भवनलाई जिर्णेद्वार गरेर पर्यटकहरुलाई देखाउन ल्याउन सकिन्छ । पछिल्लो पुस्तालाई चन्द्र सम्शेरका बारेमा जानकारी गराउन सकिन्छ । चन्द्र नहरदेखि भीमनहरसम्मको एउटा सडक सञ्जाल निर्माण गरेर, चन्द्र नहरले सिन्चित भूभागहरु बाहिरी तथा स्वदेशी पर्यटकहरुलाई देखाउन सकिन्छ ।
नहरको आसपासको क्षेत्रमा वनभोजका संरचना बनाएर आकर्षक पार्क निर्माण गरि पर्यटकहरुलाई भुलाउने वातावरण स्थानीय तहको सरकारले गर्नु उचित हुने छ । सप्तकोसी नगरपालिकाले नगरको आम्दानी हुने क्षेत्रमा लगानी गर्न खुट्टा कमाउन हुदैंन् । कार्यकर्ताहरुलाई पोष्न अल्पकालिन योजनाहरुमा बजेट दुपयोग बन्द बन्द गरेर नगरको आम्दानी दीर्घकालसम्म हुने योजनाहरुमा लगानी गर्नु उपयुक्त हुने छ ।

IMG_20190612_155342

IMG_20190612_155412

bhawan