धरान÷ धरान–१९ स्थित आवरहोम स्कुल ले आफ्नो विद्यालयको अभिभावक दिवस विविध कार्यक्रम गरी सम्पन्न गरेको छ ।
विहिवार विद्यालयले आफ्नै प्राङगणमा कार्यक्रमको आयोजना गरेको थियो ।
कार्यक्रममा विद्यालयबाट उत्कृष्ट अंक ल्याउने तथा खेलकुदमा उत्कष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार, खेलकुद पुरस्कार ,मेडल ट्रफि समेत वितरण गरीएको थियो ।
कार्यक्रममा विद्यार्थीहरुले चेतनामुलक नाटक समेत प्रर्दशन गरेका थिए ।
धरानको १९ को पुरानो विद्यालयको रुपमा आवरहोम परिचित रहेको छ ।
कार्यक्रममा विद्यालयका प्रिन्सीपल गम्भिरमान तामाङ्गले असल विद्यार्थी वनाउनका  अभिभावक र विद्यालयको जिम्मेवारी समान रहेको वताए ।उनले विद्यालयको मात्रै भरले सवैकुरा नहुने भएकोले अभिभावक पनि यसमा सहकार्य गर्नुपर्नेमा जोड दिए ।आफ्नो नानीलाई विद्यालय पठाएकै छ भनेर ढुक्क हुनु भन्दा पनि निगरानीगर्नु अभिभावकको दायित्व हुने उनको भनाई थियो ।
उनले घोकन्ते शैलिको शिक्षा भन्दा व्यवहारीक र नैतिक शिक्षा नै आजको अपरीहार्य आवस्यकता रहेको भन्दै आफ्नो विद्यालयले सो शिक्षा प्रदान गदै आएको दावी समेत गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि १९ नं वडाका वडाध्यक्ष पूर्ण बहादुर लिम्बूले हरेक विद्यालयले बालमैत्री वातावरणमा विद्यालय सञ्चालन गर्नुपर्नेमा जोडदिदै त्यसतर्फ लाग्न विद्यालयलाई सुझाव दिएका थिए ।
अजित सुव्वाको सभापतित्वमा भएको कार्यक्रममा वडाका अन्य जनप्रतिनिधि,हरीयाली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष रामकुमार लिम्बू,विभिन्न टोल सुधार समितिका अध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।