धरान प्राविधिक क्षेत्रको जनशक्ति उत्पादन गदै आएको धरान स्थित सुनसरी टेक्निकल कलेजले आगामी शैक्षिक सत्रदेखि ब्याचलर अफ होटल म्यानेजमेन्ट (बिएचएम) र ब्याचलर इन इन्फरमेशन म्यानेजमेन्ट (बिआइएम) कोर्ष शुरु गर्ने भएको छ ।
कलेजले शनिवार पत्रकार सम्मेलन गदै सो तहको पढाई सञ्चालन गर्ने विषयमा जानकारी गराएको हो ।
कलेजका संस्थापक अध्यक्ष एवं प्रबन्ध निर्देशक लेखीराज सुब्बाले पत्रकार सम्मेलनमा वोल्दै शैक्षिक सत्र २०७५÷०७६ बाट नै अध्यापन गराउने गरी त्रिभुवन विश्वविद्यालयबाट ४ बर्षे स्नातक तहको दुवै बिषयको सम्बन्धन प्राप्त गरिसकेको जानकारी दिएकाछन् ।
कलेजमा विभिन्न तहको प्राविधिक शिक्षा संचालन हुदै आएपनि एआईएम पहिलो पटक यहाँ शुरु हुन लागेको हो ।
बिएचएम र बिआइएमको जनशक्तिको देश,विदेशमा राम्रो माग रहेको सुव्वाको दावी रहेको छ ।
चार बर्षे दुवै कोर्षमा ३०र ३० जनाको कोटा रहेको पनि अध्यक्ष सुब्बाले जानकारी दिए ।
बिएचएमकी विभागीय प्रमुख स्तुती श्रेष्ठ नेपालमा पर्यटन उद्योग फष्टाउदै गएकोले दक्ष जनशक्तिको खाँचो पूर्ति गर्न बिएचएमको अध्यापनले मद्दत पुग्ने दावी समेत गरेकीछिन् ।हाल नेपालमा यो क्षेत्रको पढाई नहुदा आर्थिक रुपमा सम्पन्नले भारत लगायतका देशमा आफ्ना छोरा छोरी पढाउने गरेकाछन् । कुनैपनि कार्यालयको व्यवस्थापनमा दक्ष वनाउने प्राविधिक तहको पढाई हुनुका साथै यो क्षेत्रको माग वढदै जानथालेपनि यसको माग वढन थालेको छ ।सो क्षेत्रको माग वढदै गएपछि धरानबाट केही विद्यार्थीहरु भारतको दिल्ली गएर वढदै आएकाछन् ।उनले बैंकिङ प्रणालीको कम्प्युटराइज सिस्टमको व्यवस्थापनबारे अध्ययन, अध्यापन बिआइएम९ब्याचलर इन इन्फरमेशन०कोर्षमा हुने कलेजले जनाएको छ ।
ठुला कम्पन[ तथा कार्यालयहरुको मेनेजर पदको लागि यो बिषय अध्ययन गरेको जनशक्ति खपत हुने अध्यक्ष सुब्बाको भनाई छ । कलेजको धरान १ स्थित मुख्य भवन रहेको छ भने हाल बिएचएम र बिआइएमको लागि धरान ११ मा जग्गा, भवन, ल्याबसहितको संरचनाको लागि ५ करोड बढीको लगानी थपिएको कलेजले जनाएको छ ।
क्याम्पस प्रमुख अमितकुमार गुप्ताले क्याम्पसबाट उत्पादन भएका जनशक्ति सवै स्वरोजगार वनेको दावी समेत गरेकाछन् ।
उनले अहिलेसम्म ५ हजार बढी जनशक्ति उत्पादन भइसकेको जानकारी दिए
प्रदेश नं. १ नम्वरमा करिव डेढ दर्जन विषयमा दक्ष प्राविधिक उत्पादन गर्ने सुनसरी कलेज पहिलो कलेज हो । तहको पढाई शुरु भएपछि विदेशिनु पर्ने वाध्यता हटने दावी समेत सुव्वाको रहेको छ । यसबाट नेपाली पैसा विदेशिनबाट जोगिनुका साथै आर्थिक रुपमा पनि कम खर्च पर्ने उनको भनाई रहेको छ ।

तस्विर ः सनम तामाङ