भोला श्रेष्ठ
धरान÷धरानमा आयोजित एक कार्यक्रमका वक्ताहरुले विद्यालयमा सैद्धान्तिक र व्यवहारीक शिक्षा दुवै अपरीहार्य रहेको वताएकाछन् ।
धरान–५ स्थित देउराली चिल्ड्रेन एकेडेमीको ९ औ वार्षिक उत्सव तथा अभिभावक दिवसका सहभागीहरुले सो कुरा वताएका हुन् ।
एन प्याव्सन सुनसरीका जिल्ला सदस्य भगत चाम्लिङले कुनैपनि विद्यालयहरुले सैद्धान्तिक शिक्षालाई मात्र नभएर व्यवहारिक शिक्षालाई समेत संगै लैजानु पर्ने अहिलेको अपरिहार्य आवस्यकता रहेको वताए ।
उनले घोकन्त विद्या भन्दा रचनात्मक र श्रृजनशीलतामा विद्यार्थीहरुको अभिरुचि हुनु अहिलेको समयको माग रहेको स्पष्ट पारेका थिए । अभिभावकले विद्यालयलाई पैसा तिरै कै छ भनेर घरमा वालवच्चालाई हेरचाह नगर्दा पनि विद्यार्थीको पढाई कमजोर हुने उनको तर्क थियो ।
विद्यार्थीको पढाईलाई अघि वढाउनका लागि अभिभावकको पनि प्रमुख भूमिका हुनेमा उनको जोडथियो ।
त्यसैगरी धरान इङलिस वोडिङ स्कुलका प्रिन्सीपिल शिवराज गुरुङले व्यवहारीक शिक्षा विद्यालयबाट मात्र नभई घर परिवारबाटै दिनुपर्ने उल्लेख गरेका थिए ।
त्यस्तै सगरमाथा उच्चमावि धरानका प्राचार्य सन्तोष राईले बालबालिका भविष्यको कर्णधार भएकोले उनीहरुलाई सही मार्ग दर्शनको आवस्यकता रहेको वताएका थिए ।
विद्यालयका प्रिन्सीपल मन कुमार राईले आफ्नो विद्यालयले घोकन्ते शैलीको शिक्षालाई भन्दा व्यवहारीक र रचनात्मक शिक्षामा वढी जोड दिदै आएको वताए ।
अवको समय नैतिक र व्यवहारीक शिक्षाको युग भएकोले त्यसतर्फ विद्यालय अघि वढेको दावी गरे । उनले आगामी दिनमा पनि विद्यालयले अभिभावकको अपेक्षा वमोजिक विद्यालयलाई अघि वढाउने वताए ।
विद्यालयका निर्देशक पृथ्वी बहादुर राईले आगामी दिनमा अभिभावकहरुसँग संवाद गदै उहाहरुको सुझाव सल्लाह वमोजिम विद्यालयलाई अघि वढाउदै जाने योजना रहेको वताए ।
धरान क्षेत्रका विद्यालय निरीक्षक रुद्र राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विलिवर्स वोडिङ स्कुलका प्रिन्सिपल हेमराज गुरुङ समेत उपस्थिति रहेका थिए । विद्यार्थीहरुले सास्कृतिक कार्यक्रम तथा विभिन्न श्रृजनशील तथा रचनात्मक कार्यक्रहरु प्रस्तुत गरेका थिए ।
अंशु रम्तेल र पुष्पा विकले रोमाञ्चक ढंगले कार्यक्रम सञ्चालन गर्दा निकै रमाइलो वनेको थियो ।
कार्यक्रमलाई निकै मा विद्यालयमा विभिन्न विधामा उत्कृष्ट हुने विद्याथीहरुलाई शिल्ड तथा मायाको चिनो प्रदान गरीएको थियो ।