धरान÷ पछिल्लो समय छोटो समयमा शैक्षिक क्षेत्रमा निकै ठूलो फड्को मार्न सफल वनेको युएन स्कुल धरान १०ले विविध कार्यक्रम सम्पन्न गरेको छ ।
स्कुलले पहिलोपटक विज्ञान, कला तथा चित्रकला प्रदर्शनी कार्यक्रम सम्पन्न गरेको हो ।
आफ्नै प्राङ्गणमा सम्पन्न भएको उक्त प्रदर्शनीमा कक्षा १ देखि ९ सम्मका विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।
प्रयोगात्मक ज्ञानको वृद्धी गराउनका लागी आयोजना गरिएको प्रदर्शनीमा कक्षा १ देखि ४ सम्मका विद्यार्थीहरुले हस्तकला तथा चित्रकला प्रदर्शन गरेका थिए ।
कक्षा ५ देखि कक्षा ९ सम्मका विद्यार्थीहरुले पनि विज्ञानका सामग्रीहरुको प्रदर्शनी गरेका थिए ।
विद्यालयका प्रधानाध्यापक स्वर्ण सम्बाहाम्फेलेका अनुसार विद्यार्थीहरुले कक्षा कोठामा सिकेका सैद्धान्तिक कुरालाई व्यवहारमा उतार्नका लागि प्रदर्शनीको आयोजना गरिएको वताए । विद्यार्थीहरुलाई प्रत्यक्षरुपमा कार्य गराउँदा उनीहरुको सिकाइको दायरा फराकिलो भएर जाने प्रधानाध्यापक सम्बाहाम्फेले भनाई रहेको छ ।
खेर गइरहेको सामग्रीलाई पुनः प्रयोग गर्न सकिन्छ भन्ने उद्देश्यले सामानहरु निर्माण गरे बिक्रीमा राखिएको बताइएको छ । यस्तो कार्यक्रम गरेको विद्यालयहरुले पहिलो भएको विद्यालयको दावी रहेको छ ।