धरान÷ धरानका सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई पछि पादै शिक्षा निकेतन स्कुल प्रथम हुन सफल वनेको छ ।
शनिवार सम्पन्न धरान उपमहानगरपालिका स्तरिय अन्तर सामुदायिक माध्यमिक विद्यालय हाजिरीजवाफ प्रतियोगितामा शिक्षा निकेतन प्रथम हुन सफल भएको हो ।
प्रतियोगितामा ज्ञानचक्षु विद्यालय दोस्रो र पब्लिक स्कुल तेस्रो हुन भएको छ ।
विजयी स्कुलका टीमलाई ट्रफी, मेडल, डायरी र प्रमाणपत्र वितरण गरीएको थियो । उक्त प्रतियोगितामा सहिद स्मृति माविले सान्तवना स्थान प्राप्त गरेको थियो ।
धरानका जम्मा ११ वटा सामुदायिक विद्यालयहरूको सहभागिता रहेको प्रतियोगितामा भुगोल, विज्ञान, इतिहास र साहित्य, धर्म र संस्कृति, खेलकुद र स्वास्थ्य, अडियो र भिडियो, गरी ७ वटा विधाका प्रश्नहरू समेटिएको थियो ।
प्रतियोगिता पब्लिक हार्इ स्कुल धरान १२ का विद्यार्थीहरूको समूह पब्लिक सिर्जनशील विद्यार्थी संगठनले आयोजना गरेको थियो ।
विद्यार्थीको क्षमता विकासका लागि आगामी दिनहरुमा पनि विभिन्न कार्यहरू गर्दै जाने कार्यक्रमका सम्योजक युवराज रार्इले बताए ।