धरान किरात राई यायोक्खा केन्द्रीय समितिले आफ्नो दशौ राष्ट्रिय महाधिवेशनको प्रचारलाई तिव्रता दिएको छ ।
महाधिवेशनको पूर्व सन्यामा प्रचारका क्रममा धरानमा शनिवार धरान रनको ४ सय ६ आ हप्ताको अवसर पारेर “रन विद किरात रार्इ यायोक्खा” भन्ने नारा सहित साढे ३ किलोमिटर रन गरीएको छ ।
केन्द्रीय अध्यक्ष तिलक रार्इले धरान रनले धरानको परीचयका लागी एउटा छुट्टै स्थान र आयाम बनाएको बताए । किरायाको दशौँ राष्ट्रिय महाधिवेशन प्रस्तावित किरात प्रदेशको सुन्दर नगरी धरानमा हुन गर्इरहेकोले स्वस्थ रहन तथा प्रचारका लागी धरान रनसंग सहकार्य गरीएको उनले स्पष्ट पारेका थिए
कार्यक्रम संयोजक राजेन्द्र रार्इको तीन वटा उद्देश्य रहेको बताए । उनले दशौँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा रचनात्मक प्रचारका लागी, धरान रनसंग स्वस्थ रहने अभियानमा सरिक हुनका लागी र अधिवेशनमा आउने १ लाख भन्दा बढी आगन्तुकहरूलार्इ धरानको विभिन्न पहिचान धरान रन, प्याराग्लाइडिङ, साइक्लिङ, फुटसल, हाइकिङ लगायतका बारेमा अग्रिम जानकारी प्रदान गर्नु रहेको बताए ।
यसरी नै प्रचारप्रसारकै कार्यक्रम स्वरुप आइतबार बिगफुट फुटसलमा फुटसल खेल हुने भएको छ । फुटसलमा ४ वटा टिम आयोजक किराया, धरान फुटबल क्लब, धरान उपमहानगरपालिका र सुनसरीका पत्रकारको टिम रहने फुटसलका संयोजक नविन रार्इले बताए । फुटसलका सम्पूर्ण सहभागी टिमलार्इ सम्मानपत्र र विजेता र उपविजेता टिमलार्इ ट्रफि समेत प्रदान गरीने संयोजक रार्इले बताए ।