धरान÷सुनसरी जिल्ला प्याब्सन सचिव बिजय राईले सरकारले निजी विद्यालयलाई सामुदायिक विद्यालयमा समायोजन गर्ने असंभव प्रत्यन्न गरीरहेको वताएकाछन् ।
सुनसरीको बराहक्षेत्र नगरपालिका वार्ड नं. –३ स्थित स्काई इङ्लिस स्कुलको अभिभावक अभिभावक दिवशका अवसरमा आयोजित कार्यक्रमलाई सम्वोधन गदै राईले सो कुरा वताएकाछन् ।
उनले सरकारले निजी विद्यालयहरुलाई घाटी निमोठने नियत राखेर काम गरीरहेको वताउदै हालको अवस्थामा सामुदायिक विद्यालयले जनताको शैक्षिक माग थेग्न स्पष्ट पारेका थिए ।उनले सामुदायिक विद्यालयमा भइरहेको विद्यार्थीहरुको भार थेग्न नसकिरहेको सरकारले निजि विद्यालयलाई गाभेर सामुदायिक विद्यालयले वनाउदा शैक्षिक अवस्था लथालिङ र भत्ताभुङ हुने दावी गरे । उनले अभिभावकहरुलाई दुविधामा नपरी ढुक्क भएर निजि विद्यालयमा आफ्ना छोराछोरी भर्ना गर्न आह्वान समेत गरेका थिए ।
कार्यक्रममा वोल्दै विशेष अतिथि बराहक्षेत्र प्याब्सन अध्यक्ष कृष्ण तामाङल मुलुकभरका युवाहरु विदेशिनेक्रम तिव्र भइरुहेको वेला यो ठाउँका युवाहरुले शिक्षा क्षेत्र जस्तो पवित्र कार्यमा लगानी गरेर समाजलाई अतुलनीय योगदान पु¥याएको भन्दै प्रसंशा गरेका थिए ।
यस्तै मन्तव्यका क्रममा बराहक्षेत्र नगरपालिका वार्ड नं ३ का वडाध्यक्ष रुद्र बहादुर दाहालले यहाँका युवा पिढीले शिक्षाको क्षेत्रमा उल्लेख्य योगदान गरेको भन्दै प्रसंशा गरेका थिए । युवा पिढीले विद्यालयको स्थापना गरेर समाजका लागि उदाहरणीय कार्य गरेको मात्र नभई विद्यालय समाज सेवामा समेत समर्पित रहेको उनको भनाई रहेको थियो ।
यस्त समाजसेवी तिलक कार्कीले छोटो समयमा विद्यालयले ठुलो प्रगति गर्न सफल रहेको र शैक्षिक गुणस्तर पनि उत्कृष्ट रहेको बताए ।
कार्यक्रममा केशब पुरी, विमला राउत, गंगा दर्नाल लगायतले बोलेका थिए ।
कार्यक्रममा खेलकुद सप्ताहमा विजेता, विभिन्न क्षेत्रका उत्कुष्ट विद्यार्थीहरुलाई पुरस्कार तिरण समेत गरिएको थियो । सोही विद्यालयका छात्र छात्राहरुले विभिन्न नृत्य, नाटक, काता अनि गीत गायनहरुले कार्यक्रमलाई थप आकर्षण गरेको थियो ।
विद्यालय व्वस्थापन समितिकका अध्यक्ष ललिता उदासको अध्यक्षतामा सम्पनन भएको सो कार्यक्रममा स्वागत मन्तव्य सो विद्यालयका प्रिन्सिपल शरण लिम्बुले राखेका थिए भने सञ्चालन विद्यालयका संस्थापक राजन इशाराले सञ्चालन गरेका थिए । आफ्नो स्थापनाकाल देखि नै गुणस्तरीय तथा व्यवहारिक शिक्षामा जोड दिदै आइरहेको स्कुलले आफ्नो विद्यालयको गतिविधिहरुको बारेमा अभिभावकसँग सल्लाह सुझाब लिनका निम्ति प्रत्येक वर्ष अभिभावक दिवशको आयोजना गदै आएको छ । विभिन्न विधाका उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेको छ ।