धरान÷संस्थागत विद्यालयमा अध्यापनरत शिक्षकहरुको छाता संगठन संस्थागत विद्यालय शिक्षक युनियन सुनसरीको छैटौ अधिवेशनको तयारी तिव्र वनेको आयोजकले जनाएको छ ।
आयोजकले दिएको जानकारी अनुसार माघ १२ गते इटहरीको व्याकेटमा हुने कार्यक्रममा सुनसरी जिल्ला भित्रका नीजि विद्यालयको करिव ४ सय जना शिक्षक प्रतिनिधि सहभागी हुनेछन् ।
लामो समय सम्म मर्यादित अनुशासित भई कार्यसम्पादन गरेका दुइजना शिक्षक र शिक्षिकालार्इृृ सम्मानित गरीने अध्यक्ष विजय अछामीले जानकारी दिए ।
नीजि विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरुको हक अधिकार,मर्यादित पेशाको सुरक्षा देखि लिएर सेवा सुविधा सुनिश्चितता समेतको लागि युनियनले काम गदै आएको अछामीले वताए ।
उनले अधिवेशनबाट युनियनको नेतृत्व गर्न सक्ने सवल सक्षम नेतृत्व चयन गर्ने समेत जानकारी दिए ।उनले पेशागत संगठन भएकोले सवैको भावना समेटर सवै वर्ग र क्षेत्रको सहभागीता रहने गरी नेतृत्व चयन गरीने समेत जानकारी दिए ।