धरान÷ विश्वको १२ औं गन्तब्यको सूचिमा सुचिकृत रहेको धनकुटाको सागुगरीगढी ६ स्थित नाम्जेमा पहिलो पटक माघे संक्रान्ति महोत्सवको आयोजना हुने भएकोछ ।
महोत्सव पौष ३० गते देखि माघ २ गतेसम्म नाम्जे पार्किङ स्थल आत्माघर जाने बाटोमा आयोजना हुने आयोजकले जनाएको छ ।
नाम्जे र आसपासको क्षेत्रको समग्र आर्थिक तथा सामाजिक उत्थानका लागि कृषि पर्यटन, होटल व्यवसाय, होमस्टे, व्यपार , सांस्कृतिक र शिक्षा क्षेत्रको प्रवद्र्धनमा टेवा पु¥याउनुका साथै आन्तरिक बजार तथा व्यवसायको उत्थान महोत्सवको प्रमुख उदेश्य रहेको आयोजक समितिका संयोजक अनिल कुमार मगरले वताए ।स्थानिय घरेलु तथा जातिय खानेकुरासँगै कृषि पर्यटन व्यवसाय प्रति आकर्षणमा जोड पु¥याउने महोत्सवको थप उदेश्य रहेको छ ।
जातिय परम्परागत खानेकुराहरुको स्वाद लिने र हेर्ने बुझन पाईनुका साथै भेडेटार क्षेत्रका पर्यटकीय क्षेत्रहरु घुम्ने र मनोरञ्जन लिन सक्ने धार्मिक स्थल तथा ऐतिहासिक स्थलहरुको भ्रमण र अवलोकन गर्न तथा पर्यटन क्षेत्रमा व्व्यवसायिक चेतनाको अभिवृद्धि हुने भएको छ ।
मगर जातिको मुख्य पर्वको अस्तीत्व कायम राख्न र मौलिक पराम्परागत सांस्कृतिक झाँकीको पहिचान कायम गर्ने लगायत महोत्सवको उद्देश्य रहेको छ ।
महोत्वका अवसरमा २९ गते अन्तरपालिका स्तरीय मैत्रीपुर्ण खुल्ला भलिबल प्रतियोगिताको आयोजना हुने भएको छ । प्रतियोगितामा प्रथम, द्वितीय हुने टिमलाई क्रमशः ४१हजार १सय , २०हजार १ सय र उत्कृष्ट डिफेन्डर, उत्कृष्ट लिप्mटर, उत्कृष्ट सटरलाई कप, मेडल, प्रमाण पत्र र नगद प्रदान गरिने छ ।
राष्ट्रिय तथा स्थानिय कलाकारहरुको सांगितिक प्रस्तुती महोत्सवको अर्को आर्कषण रहने छ ।
महोत्सवमा प्रदर्शनीका लागि २० वटा स्टलहरु रहने आयोजक समितिका सचिव अशोक कुमार मगरले बताए ।
पछिल्लो एक दशक समयदेखि यता नाम्जे होमस्टेका लोकप्रिय गन्तव्यको रुपमा परिचित रहेको छ ।हाल यस क्षेत्रको आम्दानीको मुख्य श्रोत आन्तरीक तथा पर्यटन बनेको छ । यहा विभिन्न ठाउबाट होम स्टेका लागि पर्यटकहरु आउनेगरेकाछन् ।