धरान युनाइटेड गोर्खा एकेडेमी धरान १५ को आयोजनामा माघ २ गते देखि छैटौ युनाइटेड गोर्खा एकेडेमी भलिवल कप प्रतियोगिता हुने भएको छ ।
एकेडेमीले सोमबार सम्मेलन गरी प्रतियोगिता आयोजना गर्ने बारेमा जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै एकेडेमीका प्राचार्य पेम्बा शेर्पाले छात्र छात्रा दुवै तर्फ गरी १८ वटा टिमले सहभागिता जनाउने जानकारी दिएका छन् ।उनका अनुसार प्रतियोगिता माघ २ देखि ५ गतेसम्म सञ्चालन हुनेछ ।
उक्त प्रतियोगितामा छात्र छात्रा दुवै तर्फका प्रथम, दोस्रो र तेस्रो हुने टिमले क्रमशः नगद १५ हजार, १२ हजार, १० हजार रुपैया, मेडल प्रमाणपत्र र ट्रफी पाउनेछन् ।
प्राचार्य शेर्पाले प्रतियोगिताका उत्कृष्ट खेलाडि, वेस्ट सर्भिस, वेस्ट लिप्mटर, वेस्ट स्पाइकर , वेस्ट व्लकरले जनहि १ हजार २ सय रुपैया, प्रमाण पत्र र ट्रफि प्राप्त गर्नेछन् ।
प्रतियोगितामा सुनसरी भरिका निजि विद्यालयले सहभागिता जनाउनेछन् ।
विद्यालयको आप्mनै खेल मैदानमा आयोजना हुने प्रतियोगिताको अनुमानित वजेट ९ लाख ५० हजार रुपैया रहेको आयोजक कमिटिका सदस्य नरेश राईले जनाए ।
गत वर्ष छात्र तर्फ युनाइटेड गोर्खा एकेडेमि र छात्रा तर्फ हाम्रो इङलिस वोर्डिङ स्कुलले उपाधि चुमेका थिए ।
धरानमा विद्यालयको खेलक्षेत्रको बिकासका लागी डिपो कप,मेयर कप युजिए कप लगायतका प्रतियोगिताहरु आयोजना हुदै आएका छन् ।