धरान / ईडन एकेडेमी कन्सल्टेन्सी धरानले अष्ट्रेलिया जान ईच्छुक विद्यार्थीहरुका लागि धरान र ईटहरीमा भव्य सेमिनार गर्ने भएको छ । 
यस सेमिनारमा विभिन्न कलेज र विश्वविद्यालयहरु गरी लगभग १२ वटा शैक्षिक संस्थाहरुको उपस्थिति रहने कुरा जानकारी ईडनका कार्यकारी मोहन तिगेलाले बताउनु भयो । क्ष्भ्ीत्क् परिक्षा दिएर अलमल्ल परेका विद्यार्थीहरुको लागि अष्ट्रेलियन कलेजका प्रतिनिधिहरु संग प्रत्यक्ष कुरा गर्न पाउने राम्रो अवसर रहेको उहाँले जानकारी गराउनुभयो । यी मात्र नभएर आफ्ना शैक्षिक प्रमाण पत्रहरु लिएर आउने विद्यार्थीहरुका लागि तत्कालै एड्मिसन र तत्कालै छात्रवृतिको पनि सुविधा रहेको इडन एकेडेमी कन्सल्टेन्सीले जनाएको छ । 
सो सेमिनारमा व्यवस्थापन, होटल म्यानेजमेन्ट, अकाउन्टीङ, नर्सिङ, ईन्जिनिइरिङ, आईटी, चाईन्ड केयर र डेन्टल टेक्नोलोजी लगायत विभिन्न विषयहरु प्रदान गर्ने विश्वविद्यालय र कलेजहरुको सहभागिता रहने कुराको जानकारी ईडनका मार्केटिङ म्यानेजर आशिष ढकालले दिनुभयो ।  विद्यार्थीहरुको शैक्षिक योग्यतालाई मध्यनजर गर्दै उचित छात्रवृति पाउन पनि उक्त सेमिनारले मद्दत गर्ने उहाँको भनाई छ ।  
यो सेमिनार धरानमा पौष २१ गते शनिबारका दिन पुतली लाईन स्थित इडेन एकेडेमी क्रन्सल्टेन्सी प्रा.ली.को आफ्नै कार्यलय तमु कम्प्लेक्समा गर्ने भएको छ  भने ईटहरीमा पौष २२ गते आईतबारका दिन आइतबारे लाईन स्थित आफ्नै कार्यलयमा गर्ने भएको छ ।