इलाम । महिलालाई मन्त्रि नदिएको व्यपाक रुपमा गुनासो वढीरहेको वेला प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रालयको सङ्ख्या बढाएर भए पनि तत्कालै महिलामन्त्री राखिने बताएका छन् ।मन्त्रिपरिषदमा महिलालाई प्राथमिकता नदिएको भन्दै आलोचना भइरहेका बेला उनले केही समयपछि नै प्रदेशले महिला मन्त्री पाउने आश्वासन दिए ।
किराँत धर्मगुरू आत्मानन्द लिङ्देन ‘सेइङ’ को ६५औँ जन्मोत्सवका अवसरमा मंगलवार माङसेबुङमा आयोजित कार्यक्रममा मुख्यमन्त्री राईले प्रदेशको नामाकरण र स्थायी राजधानीका बारेमा भने हिउँदे अधिवेशनका बेला प्रस्ताव लगिने जानकारी दिए ।
उनले स्थायी राजधानी र प्रदेशको नामाकरणका बारेमा छलफल गरिरहेको जानकारी दिदै ‘आगामी हिउँदे अधिवेशनमा सरकारले यस सम्बन्धी प्रस्ताव लाने तयारी गरेको छ जानकारी दिए ।