धरान÷ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च,संघीय लिम्वुवान मञ्च नेपाल सुनसरीले अगुवा नेता कार्यकर्ता भेटघाट तथा प्रशिक्षणको आयोजना गर्ने भएकोछ ।
धरान–१५ स्थित इजिराइटर होटलको सभाहलमा बुधवार आयोजना गरीने सो कार्यक्रममा जिल्लाका भरीका नेता तथा कायकर्ताहरुको सहभागिता रहने जिल्ला अध्यक्ष अमर इजम (लिम्वू)ले जानकारी दिएकाछन् ।
सो प्रशिक्षणमा केन्द्रीय अध्यक्ष कुमार लिङदेन “मिराक” ले पार्टी संगठन र आगामी कार्यदिशा र योजनाका विषयमा प्रशिक्षण दिने अध्यक्ष इजमले वताएकाछन् ।
लिम्वुवान अभियानलाई तिव्र रुपमा अघि वढाउनका लागि नेता कार्यकर्तालाई प्रशिक्षित गराउदै लैजाने उदेश्यका साथ प्रशिक्षणको आयोजना गरीएको उनको भनाई रहेको छ ।