खोटाङ । किराँत जनवादी वर्कर्स पार्टीका दुई केन्द्रीय सदस्य जेल चलान भएका छन् ।जबर्जस्ती चन्दा उठाएको कसुरमाउनीहरु जेल चलान भएका हुन् ।
जेल चलान हुनेहरुमा खोटाङको ऐसेलुखर्क गाउँपालिका ४ जलेश्वरीका इश्वरकुमार राई र क्रान्तिलाल भनिने तौलकुमार राई सोमबार रहेकाछन् ।
विभिन्न ठाउँमा जबर्जस्ती चन्दा उठाएको मुद्दामा सोलुखुम्बु जिल्ला अदालतले २०७३ जेठ ३१ गते उनीहरुविरुद्ध दुई÷दुई बर्ष कैद र जनही दुई हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।
यसैबीच वार्ताको चरणमा रहेको बेला आफ्ना नेतालाई जेल चलान गरिएको भन्दै वर्कसका प्रवक्ता बिरु किरातीले आपत्ति जनाएका छन् ।