धरान / लामो समयको प्रयास पछि धरान–१७ स्थित सर्दुखोलामा पक्की पुल निर्माण शुरु भएको छ । स्थानीय जनप्रतिनीधी धरान–१७ का वडा अध्यक्ष सूर्यबहादुर  भट्टराई(मनोज)सहितको टोलीले केही महिना अघि मन्त्रिालय नै पुगी पुल निर्माणका लागि बजेट छुट्याउन आग्रह गरेको थियो । सो आग्रह पछि पछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रलयले टेण्डर प्रक्रिया गरेको थियो । ४३ वटा पुल निर्माणको जिम्मा पाएको रसुवा कन्ट्रक्सनलाई धरान र बराह नगरपालिकालाई जोड्ने सर्दु खोलाको पुल निर्माण कार्य पहिलो प्रथमिकतामा राख्न  मन्त्रालयले निर्देशन गरेको वडा अध्यक्ष्ँ भट्टराईले जानकारी दिए । ठेक्का पाएको ठेकेदार कम्पिनीले उक्त योजनालाइृ पहिलो प्राथमिकतामा राखेर काम शुरु गरेको भट्टराईले बताए ।
 सर्दुखोलामा बन्ने पुल २५० मिटर लामो र ११ मिटर चौडाईको हुनेछ । यस्तै ठकुरी खोलामा २५ मिटरको पुल बन्नेछ भने पट्नाली खोलामा ५० मिटर  लामो पुल बन्ने भएको छ । स्थानिय तहको निर्वाचन तथा प्रदेश सभा र प्रतिनीधि सभा निर्वाचनमा राजनीतिक दलहका नेताहरुले यही खोलका पुल निर्माणलाई प्राथामिकता दिने भन्दै भोट मागेका थिए ।
भिमानदेखि धरानसम्म रहेका ४३ वटा खोलामा पुल बनाउने जिम्मा रसुवा कम्पनिले पाएको हो । यसका संचालक रसुवाका मोहन आचार्य हुन । उनी नेपाली काङग्रेसबाट प्रतिनीधि सभा सदस्य बनेका छन् ।  कम्पनिले शुक्रबारदेखि काम थालनी गरेको वडा अध्यक्ष भट्टराईले जानकारी दिए । ३५ करोडमा ठेक्का पाएको रसुवाले पश्चिमबाट काम शुरु गरे पनि रसुवाको केही जनशक्ति धरानस्थित विपी प्रतिष्ठानको मात्रृशिशु स्याहार केन्द्रको भवन निर्माणमा खटिएका जनशक्तिलाई सर्दु खोलाको पुन बनाउन खटाएको हो । विपीको काम भने केही समयका लागि स्थगन गरिएको बताइएको छ । तीन स्थानको पुल आगामी असोजसम्ममा सम्पन्न गर्ने गरि काम थालिएको माओवादी केन्द्रका धरान संयोजक चोत्लुङले जानकारी दिए ।
स्थानीय तहको प्रतिबद्धता कार्यन्वयन गर्न वडा अध्यक्ष सुर्य बहादुर भटराई (मनोज)ले भौतिक पुर्वाधार तथा यातायात मन्त्रलय पुगी यथासक्य पुन निर्माण गर्न ज्ञापन पत्र बुझाउनु भएको थियो ।
यस लगतै मन्त्रालयले पुल निर्माणको लागी प्रक्रिया अगाडी बढाएको हो ।
वडा अध्यक्ष सुर्यबहादु भटराई(मनोज)लगायतको टोलीले शुक्रबार नै स्थलगत निरिक्षण गरी बर्षा अघि नै पुल निर्माण सक्न निर्देशन दिएकोे छ ।सर्दुमा पुल नहुदा बराह नगरपािलकाका भरौल क्षेत्रबाट किनमेल गर्न धरान आउने  तथा दुध व्यापारीहरुलाई समस्या हुदै आएको थियो । सर्दुले बर्षायम कतिपय बाईक गाडीसमेत बगाउने गरेको थियो । पुल बन्ने भए पछि यहाँका स्थानीयवासी खुशी भएका छन् ।