प्रतिनिधी सभाका सभाषद जयकुमार राईले धरानलाईखखेलकुदको उर्वर भूमि बनाउन आफू लागि परेको वताएकाछन् ।
बुधवारबाट शुरु भएको धरानको दोस्रो विद्यालयस्तरीय ओलम्पिक मेयरकपको उद्घाटनको गदै सभाषद राईले सो कुरा वताएका हुन् ।
संघीय सरकारसंग बजेट माग गरेको बताएकाहुन ।
धरानलाई पर्यटकीय र धार्मिक पर्यटनको क्षेत्रको रुपमा मात्र नभएर खेलकुद क्षेत्रको उर्वर भूमिको रुपमा पनि आफूले पहिचान दिन लागि परेको स्पष्ट पारेका थिए ।उनले ४ कराड बजेट माग गरे पनि धरानको विकासका लागि १ करोड मात्र छुट्याएको बताए । उनले स्व। तारा सुब्वाले धरानलाई खेलकुदको शहरको रुपमा परिचित गराउन शुरु गर्नुभएको मेयरकप स्कुल ओलिम्पिकलाई वृहत बनाएर लाने र भविष्यमा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी उत्पादन गर्ने सोचमा स्थानीय तहले अगाडी वढनुपर्नेमा जोडदिएका थिए ।यस्तै १ नं प्रदेश सभाका सभामुख प्रदीप भण्डारीले धरानको विकासमा प्रदेश सरकारले विशेष जोड दिएको बताए । उनले प्रदेश सरकारले धरानको हरेक गतिविधिलाई चलायमान बनाउन हरेक क्रियाकलापमा सहयोग गर्न प्रतिबद्धता जनाएका थिए । स्थानीय धरान १६ रंगशालामा भएको मेयर कपको उपमहानगरपालिकाकी कार्यवाहक प्रमुख मञ्जु भण्डारी, प्रदेश नं। १ का सभामुख प्रदीप भण्डारीले शान्तिको प्रतीक परेवा उडाएर मेयर कप विधिवत रुपमा शुरु भएको घोणणा गरिएको थियो ।
धरान उपमहानगरपालिकाकी कामु प्रमुख मञ्जु भण्डारीले स्व। तारा सु्ब्बाको योजना अनुरुप धरानलाई खेलकुदको विकास गर्ने हेतुले मेयर कप स्कुल ओलम्पिक शुरु गरेको बताउदै उनले छोडेका अधुरा कामलाई अब आफूहरुले पूरा गर्ने प्रतिवद्धता जनाएकी थिइन । उनले धरानलाइ खेलकुदको सहर बनाउनकै लागि मेयर कपको शुरुवात गरेको बताउदै अब यसलाई वृहत बनाएर लाने बताइन् ।
१७ गतेसम्म सञ्चालन हुने ओलम्पिक प्रतियोगितामा सामुदायिक तथा निजी विद्यालय गरी ५४ विद्यालयले १२ वटा खेलमा भाग लिएका छन् । गत बर्ष १० खेल खेलाइएकोमा यस वर्ष भने कपर्डी र सेपेक टेक्रो थप गरिएको खेलकुद विकास समिति धरानका संयोजक सुवास राईले जानकारी दिए ।

प्रतियोगितामा विजेता हुने विद्यालयलाई १ लाख २० हजार, दोस्रो हुनेलाई ८० हजार र तेस्रो हुनेलाई ५० हजार नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिने राईले जानकारी दिए ।