धरान÷ धरान–५ स्थित देवीगाउका अग्नीपीडित परिवारलाई नेकपा एमालेको युवा संगठन युवा संघ नेपालले सहयोग रकम हस्तातरण गरेको छ ।
संघले शुक्रवार एक कार्यक्रमको अयोजना गरी देउसी भैलोबाट संकलन भएको २० हजार नगद हस्तान्तरण गरेको हो ।
देवीगाउका वीर वहादुर राईको घर आगलागी भई क्षति पुगेको थियो । क्षेत्र र नगर समितिले संयुक्त रुपमा देउसी भैलो कार्यक्रम आयोजना गरी संकलित रकम संघका केन्द्रीय सदस्य पदम इस्वोले हस्तान्तरण गरेका थिए ।
पीडित परिवारलाई केहीमात्रामा भएपनि राहत होस भन्ने उदेश्यले रकम हस्तान्तरण गरीएको क्षेत्रीय अध्यक्ष विनोद राईले जानकारी दिए ।
आगामी दिनहरुमा पनि जनतासंग सहकार्य गदै र पीडित परिवारलाई सहयोग गदै जाने संघको उदेश्य रहेको अध्यक्ष राईले बताए ।
कार्यक्रममा नेकपाएमालेका धरान नगर कार्यवाहक अध्यक्ष नारायण सुवेदी,युवा संघका नगर अध्यक्ष राजेन्द्र राई लगायतको उपस्थिति रहेको थियो ।