धरान / सुनसरी क्षेत्र नं. १ का सांसद जयकुमार राई यति बेला आफ्नो निर्वाचन क्षेत्रमा आफ्नो क्षेत्रमा कार्यकर्ता भेटघाट तथा दशै तिहार शुभकामना आदान प्रदान कार्यक्रममा व्यस्त रहेका छन् ।  राई आफु निर्वाचित भएको क्षेत्रमा पार्टीले राखेको शुभकामना आदान प्रदान कार्यक्रमलगायत अन्य भेटघाट कार्यक्रममा व्यस्त भएका छन् । उनले बराहक्षेत्र नगरपालिकाको वडा नं. १, २, ३, ४ र ५ नं. वडामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थानीय कमिटिले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा सहभागी भए भने उक्त क्षेत्रमा रहेका अगुवा कार्यकर्ताहरुसँग समेत भेटघाट गरेर आगामी योजनाका विषयमा समेत छलफल गरेका छन् । साथै धरानमा वडा कमिटि आयोजना गरेको दशै तिहार शुभकामना आदान प्रदान कार्यक्रममा सहभागी भएका छन् । एकै दिन ४÷५ वटा कार्यक्रममा सहभागी भईरहेका छन् ।
गत बर्ष मंसिरमा निर्वाचि भएर काठमाडौं गएका राई दशैमा आफ्नो निर्वाचन क्षेत्रमा आएका थिए । तर त्यस समय आफ्नो क्षेत्रमा भौतिक शरिर उपस्थित गराउन नसके पछि यहाँको विकास निर्माणदेखि आफ्नो क्षेत्रमा जनताको गुनासो सुन्ने, भर अभर परेकालाई सहयोग गर्न भने चुकेका छैनन् ।
संघीय संसदको नियमित बैठकमा हाजिर हुन्छन् । बैठक नभएको समयमा आफ्नो क्षेत्रको विकास निर्माणमा पहल गर्न विभिन्न मन्त्रालयहरु धाउछन् । आफ्नो क्षेत्रका जनता कुन अस्पतालमा छन् भेट्न पुग्छन् । काठमाण्डौ पुगेका क्षेत्रका वासिन्दाहरुले सम्झिएर एक कल गरे भने कोटेश्वर तथा नयाँ बानेश्वरतिर बोलाएर एक कप चिया खुवाएर पठाउछन् ।
भक्तपुर बस्दै आएका सांसद राई सुनसरी क्षेत्र नं. १ का समस्या पहिचान गर्ने, अधुरा योजनाहरुलाई पुरा गर्न पहल गर्ने, आफ्नो क्षेत्रमा आवश्यक बजेट विनियोजनका लागि दवाव दिने, निर्वाचन क्षेत्रबाट केही माग लिएर मन्त्रि भेटघाट गर्न आउनेलाई मन्त्रिहरुसँग समय मागेर भेटगराई समस्या समाधानका लागि दवाव दिने उनको दैनिकी बनेको छ । ‘मेरो भौतिक शरिर विगतमा काठमाण्डौमा थियो तर सम्पूर्ण ध्यान आफ्नो क्षेत्रमा छ । जनतासामु गरेको बाँचा पुरा गर्ने संकल्प मसँग छ । त्यसका लागि म लागिपरेको छु ।’–उनले भने–‘आफ्नो क्षेत्र सम्वृद्ध बनाउने एउटा सपना सजाएको छु । त्यसलाई साकार पार्न समय खर्चिरहेको छु । पाँच बर्षभित्र परिणाममा देखिने छ ।’

साचिकै उनले केही सपनाहरु देखेका छन् । बराह नगरपालिकाका केही वडाहरु र समग्र धरान उपमहानगर उनको भूगोल हो । यि दुई नगरलाई एउटा करिडर बनाएर विकास गर्ने योजना छ । दुई नगरलाई जोड्न बाटोमा पुल लगाउने, सम्बन्ध जोड्ने काममा उनले समपना बुनेका छन् ।
यस्ता छन् उनका सपना
बराहक्षेत्र नगरपालिकाको बाङ्गेबजार, नहडा, बकलौरीबाट दैनिक धरान किनमेल तथा धरानमा दुध आपूर्ति गर्दै आएका कृर्षक सर्दु खोलामा पुल नहुदा दुख पाएको प्रति उनी चिन्तित छन् । सर्दुमा दुई वटा पुल निर्माणका लागि उनले पहल गरेका छन् । धरान–चतरा जोड्ने सर्दुमा पुल निर्माण शुरु भईसकेको छ । यही बैशाखदेखि पुल निर्माण सम्पन्न हुने छ । यसका लागि पनि उनले तत्काल निर्माणका लागि पहल गरेका थिए । धरान–बक्गौरी जोड्न कुम्भी आहाल क्षेत्रमा पक्कि पुल निर्माणका लागि ठेक्का लागि सकेको छ ।
सुकुम्वासी बस्तीलाई व्यवस्थित गर्ने, धरानका ग्रामिण क्षेत्रमा सडक सञ्जाल पु¥याई धरानलाई व्यापारिक शहर बनाउने । धरान विमानस्थल निर्माणका लागि प्रक्रिया चाढो शुरु गर्न पनि उनले लभिङ गरिरहेका छन् । विपी प्रतिष्ठानमा आईसियु, एनआईसियु थप विस्तार गर्न, यहाँको बेथितीलाई समाधान गर्न पनि उनले चासो देखाएका छन् । भरौल, नडाहा,धरानसम्मको सडक स्तरोन्नती गर्न पनि उनले सदनमा कुरा उठाएका छन् ।
धरान, भेडेटार र नाम्जेसम्म केवलकार संचालनका लागि उनले सम्भाव्यताको खोजी गरिरहेका छन् । निजि लगानकिा लागि पनि उनले पहल गरिरहका छन् । पदन भण्डारी राजमार्ग विस्तारका लागि बजेट पार्न पनि उनले पहल गरेका थिए । धरानमा १ हजारदेखि १५ सय सम्मको क्षमताको सिटी हल निर्माणका लागि उनले पहल गरिरहेका छन् ।
उनले १६ वटा वुँदामा आफ्ना क्षेत्रको प्राथमिकिकरण गरेका छन् ।