नेपाल कम्युनिष्टा पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले केही दिनभित्र तल्लो तहसम्म एकता प्रक्रिया टुङ्गो लाग्ने वताएकाछन् ।
विराटनगरमा सोमवार आयोजित चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्वोधन गदै प्रचण्डले सो कुरा वताएकाहुन ।
उनले पार्टी एकता शक्तिशाली र अजेय भएको वताउदै ‘विभिन्न कार्यदलले बनाएका सुझावलाई अन्तिम रुप दिँदै अब तल्लो तहसम्म सहज रुपमा समायोजन छिटै हुने स्पष्ट पारे। उनले एकताका विषयमा सोमबारै बिहान अर्का नेता माधवकुमार नेपालसँग पनि आफ्नो कुराकानी भएको कार्यक्रममा खुलासा गरे।