अनसार अन्सारी
भुटाहा । सुनसरीको हरिनगर गाउँपालीका वडा नम्बर ६ र ७ साबिक को घुस्की गाविसमा र घुस्कीको अल फताहा मैदान मा सम्पन्न वडा स्तरीय टि२० क्रिकेट प्रतियोगिताको उपाधी ब्रोदर क्रिकेट कलब भुटाहा ले जितेको छ ।
विहिवार भएको फाइनल खेलमा ब्रोदर क्रिकेट कलब भुटाहा ले २० ओभर को समाप्ति ९ विकेट को छातीमा १ सय ३९ रन बनाइ उपाधी जितेको हो ।
टस जितेर पहिले ब्याटिङ गर्दै ब्रोदर क्रिकेट कलब भुटाहाले निर्धारित २० ओभरमा १ सय ३९ रनको उच्च योगफल तयार पारेको हो ।
उसका लागि भुटाहाटिमका कप्तान वसिक अन्सारी २६ बल खेली ३६ रन र ४ ओभर मा लगातार ४ बल मा ४ विकेट लिइ योगदान दिएका थिए।
१ सय ३९ रनको उच्च चुनौती पछ्याउँदै जवाफी ब्याटिङ गरेको घुस्की आयोजक सुपर किङ्ग ले निर्धारित १२ओभर खेलेपनि ६१ रन मात्र बनाइ अल आउट भएको थियोे ।
फाइनल खेलको म्यान अफ द म्याच ब्रोदर क्रिकेट कलब भुटाहाका कप्तान वसिक अन्सारी भए भने प्रतियोगिताको म्यान अफ द सिरिज घुस्की आयोजक सुपर किङगका समसिर आलमले सबै खेल खेलेर ९९ रन र ६ विकेट लिएको घोषित भए ।
उपाधी संगै ब्रोदर क्रिकेट कलब भुटाहा नगद २१ हजार सहित सिल्ड,मेडल तथा प्रमाणपत्र पाए भने उपविजेता घुस्की आयोजक सुपर किङ्ग १५ हजार हात पारेको आयोजकले जनाएको छ । नवयुग समाजिक तथा साँस्कृतिक विकास केन्द्र नेपाल घुस्की सुनसरी नेपाल ले आयोजना गरेको प्रतियोगितामा ८ वटा टोलिको सहभागिता रहेको थियोे ।
सो खेलको प्रमुख अतिथि हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारी ,विशिस्ट अतिथि कोशी गाउँपालिका अध्यक्ष एयुब अन्सारी ,विशिस्ट अतिथी हरिनगर गाउँपालिका उपाध्यक्ष रिम्झिम कुमारी भगत ,अतिथिहरु हरिनगर गाउँपालिका वडा नम्बहा ६ का वडा अध्यक्ष इसराइल अन्सारी वडा नम्बर ७ का वडा अध्यक्ष नसिर खाँ , वडा नम्बर ३ का वडा अध्यक्ष अरविन्दर कुमार मेहता ,वडा नम्बर ३ का वडा सचिब हरिनारायण मेहता, वडा नम्बर ६ का वडा सचिव समिम अन्सारी ,वडा नम्बर ७ का वडा सचिव रौशन कुमार साह ,गाउँ कार्यापालिका सदस्य सबेत्ररी देवी मलहा ,शस्त्र प्रहरी बल बि । ओ। पि। घुस्की प्रमुख विजय कुमार चोधरी ,प्रहरी चोकी घुस्की प्रमुख कुल बहादुर खत्री ,समाज सेवि अकरम आलम ,वडा नम्बर ६ का वडा दाउद अन्सारी , वडा नम्बर ७ का वडा सदस्य जमिल अन्सारी , समाजसेवी युवा इसा अन्सारी ,घुस्की बजार व्यवस्थापन समितिको अध्यक्ष जहाँगिर अन्सारी ,इसराफिल अन्सारी ,मनोज साह ,आयोजक समितिको नवयुग समाजिक तथा साँस्कृतिक विकास केन्द्र नेपाल घुस्की को अध्यक्ष मुर्शिद आलम को अध्यक्षता मा सम्पन्न भएको थियो ।