काठमाडौं ÷ आफ्नो पक्षका नेताहरुलाई मन्त्री मण्डलमा समावेश नगरेको भन्दै माधव नेपालले असन्तुष्टि जनाएपछि दशैं र तिहारको वीचमा नेपाल समूहका दुइ नेतालाई मन्त्री वनाउने सहमति भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी ९ने क पा०का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्टि रहेका वरिष्ठ नेता नेपाल पक्षका दुई जना नेतालाई मन्त्री बनाउने तयारी गरेका हुन । यस विषयमा प्रधानमन्त्री ओली र नेता नेपालबीच आन्तरिक सहमति समेत भैसकेको वुझिएको छ । दसैं र तिहारको बिचमा वा तिहारपछि दुइ मन्त्री हटाएर दुर्इ जनालार्इ थप गर्ने तयारी रहेको स्रोतले जनाएको छ ।
यसअघिपनि मन्त्रीमण्डल पूर्नगठन गर्नेबारे नेकपाभित्र छलफल चलेकै थियो । तिहार लगत्तै ओलीले अहिलेका मन्त्रीहरुमध्येबाट दुई जनालाई विदा गर्ने मनशाय बनाएका छन् ।
ओलीले विदा गर्ने मन्त्रीहरुको नाम भने अहिले नै तय भएको छैन । गृहमन्त्री रामबहादुर थापा ‘बादल’, उद्योगमन्त्री मातृका यादव, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, पर्यटनमन्त्री रवीन्द्र अधिकारी र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक थममाया थापाको कामप्रति प्रधानमन्त्री ओली सन्तुष्ट नभएको यसअघि नै समाचार सार्वजनिक भइसकेका छन् ।
माधव पक्षबाट मन्त्री बन्नेमा स्थायी समिति सदस्य योगेश भट्टराई, घनश्याम भुषाल र सोम प्रसाद पाण्डेलगायतका नेताहरुको चर्चा चलेको छ ।
केहि दिनअघिको एक कार्यक्रममा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योगेश भट्टरार्इलार्इ मन्त्री बनाउने खुलासा गरेका थिए ।