धरान, २७ असोजः
नेकपाका स्थायी समिति सदस्य तथा प्रदेश नं. १ इञ्चार्ज भीम आचार्यले नेकपाको जिल्ला तथा नगरका कमिटी दशै पछि सबै बन्ने बताएका छन् ।
नेकपा धरान नगर कमिटिले शनिवार आयोजना गरेको दशै तिहार छठ पर्वको शुभकामना आदन प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाको नेतृत्व विहिनता अव चाढै पुरा हुने बताएका हुन् ।
केन्द्रको सचिवालय बैठक कार्तिक ४ गते सम्पन्न भए पछि तल्लो स्तरका सबै कमिटि विस्तार हुने बताए । उनले जनताका भरोसा र आकाक्षा नेकपासँग रहेकाले पार्टीले क्रमशः पुरा गर्दै लाने बताए ।
केन्द्रीय स्तरमा दुवैपार्टीको कमिटी समायोजन भएपनि तत्लो स्तर भने समायोजन हुन सकेको छैन ।यसले गर्दा दुवै पार्टीका कार्यकर्ताहरु सुस्त रहेकाछन् । कार्यकर्ताहरुले विलम्व नगरी स्थानीय तहको कमिटी पनि समायोजन गर्नुपर्नेमा जोड दिदै आएकाछन् ।
शुभकामना आदान प्रदान कार्यक्रममा केन्द्रीय सदस्य धर्मराज निरौला, निर्मल बराल, सांसद उमिता बराली, सावित्रा श्रेष्ठलगायत नेकपाका कार्यकताहरुको उपस्थिति रहेको थियो ।
कार्यवाहक अध्यक्ष नारायण सुवेदीको अध्यातामा भएको सो कार्यक्रम सचिव राजमणी निरौलाले संचालन गरेका थिए ।