सप्तरी /  निजि तथा आवासीय बिधालय अर्गनाइजेसन (प्याब्सन) को संघीय सरचना अनुसार सनिवार सप्तकोसी नगर्पालिका स्तरिय प्रथम नगर अधिबेशन सम्पन्न भएको छ । अधिबेशनबाट सप्तकोसी नगरपालिका वडा न ४ स्थित रहेको नमुना सनसाइन इ बो स्कुलका सस्थापक प्रिन्सिपल शिवप्रसाद अचार्य सर्वसम्म्तीले अध्यक्ष चुनिए का छन।

त्यसैगरी सप्तकोसी नगर स्तरीय सात सदस्यीय कार्यसमितिको सचिब र कोषाध्यक्षमा पुष्पान्जली बोर्डिङ का प्रिन्सिपल दिपेन्द्र यादब र त्रियुगा बोर्डिङका प्रिन्सिपल भरत बिष्ट चयन भएका छन भने सदस्यहरुमा प्रमोद के सि,बिक्रम चौधरी ,डिल्लीराम आचार्य र निरज यादब चयन भएका छन। कार्यसमितिको वरिष्ठ सल्लाहकारमा नरेन्द्र खत्री र सल्लाहकारमा तुलसी कट्वाल चयन भएका छन।

नव गठित कार्यसमितिको पदाअबधी २ बर्ष रहने छ। स्थानीय लिटिल स्टार बोर्डिङ स्कुलमा सम्पन्न प्रथम अधिबेशनमा बोल्दै प्रमुख अतिथी सप्तरी प्याब्सन का अध्यक्ष पन्चदेब यादबले निजि शिक्षा ले नै देशको शैक्षिक बिकाश भएको बताए ।कर्यक्रममा जिल्ला प्याब्सनका उपाध्यक्ष देवानन्द चौधरी ,सचिब सन्जय शर्मा,कोषाध्यक्ष देबकान्त चौधरी ,सल्लाहकार सुरेश यादब लगायतकाको सहभागीता रहेको थियो। जिल्ला प्याब्सनका निबर्तमान वरिष्ठ उपाध्यक्ष नरेन्द्र खत्रीकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा भरत बिष्टले स्वगत मन्त्ब्य व्यक्त गरेका थिए । कार्यक्रमको सन्चालन शिव प्रसाद आचार्यले गरेका थिए।