भोजपुर / भोजपुरको आँमचोक गाउँपालिकाका १ सिमन्तुवामा पञ्चेश्वर शिव मन्दिर उद्घाटन गरिएको छ ।  २०४६ सालमा स्थानीय पूर्व जनप्रतिनिधी अमरबहादुर कार्कीले अतिरुद्री महायज्ञ गरेको पवित्र स्थलमा उनका परिवारले शिवलिङ्गी खडा गरि मन्दिर स्थापना गरेका हुन ।
शंकर कार्की र दुर्गा कार्कीको विशेष पहलमा मन्दिर स्थापना गरिएको हो । मन्दिरका लागि जग्गा, मन्दिर निर्माणका लागि सामाग्री अमरबहादुर कार्कीको छोराहरुले उपलब्द गराएका छन् । काठमाण्डौंबाट शिवलिङ खरिद गरि शंकर कार्कीले स्थापना गरेको स्थानीय दुर्गा कार्कीले जानकारी दिए । उक्त मन्दिरको रेखदेख र संरक्षण जाल्पादेवि भजन मण्डलीले गर्ने भएको छ । मन्दिरको उद्घाटन हरितालिका तीजको अवसरमा गरिएको थियो ।
वयावृद्धा डम्बरकुमारी कार्कीले मन्दिरको उद्घाटन गरेकी थिईन । कार्यक्रममा सुतार कार्की परिवारका बसन्तदेवि कार्की, रामकुमारी कार्की दुर्गा कार्की, गोमा कार्की, वडा अध्यक्ष डम्बरबहादुर कार्कीलगायतको उपस्थिति रहेको थियो । एक लाख ४९ हजार ९ सय ४५ रुपैयामा मन्दिर निर्माण गरिएको हो । अमरबहादुर कार्कीले व्यक्तिगत प्रयासमा २०४६ साउन ११ देखि २२ गतेसम्म एकसय भन्द बढि पण्डितहरु पढाएर अतिरुद्री महायज्ञ गरेका थिए । बाबुले गरेको पुन्य कर्मलाई जीवित राख्न उनका जेठा छोरो शंकरको पहलमा उक्त स्थानमा मन्दिर स्थापना गरिएको हो ।

42371156_334117430692060_8150549554899451904_n

42422340_295644891250343_8137027954174590976_n

42388890_239565280059418_1946275584212467712_n

42423971_622151354846571_1644436483924295680_n

42469887_469217083586323_2003723877057822720_n

42484851_2351493684866806_834501927885602816_n