धरान / सुनसरीसँग सिमाना जोडिउको बेलका नगरपालिका रामपुर ठोक्सिलामा पर्यटकहरुलाई तान्न चिडियाघर बनाउन थालेको छ । स्थायी भवनाथ घिमिरेको अवधारणनामा रामपुर बजारदेखि करिव डेढ किमी उतरमा रहेको २५ कठ्ठा खाली जग्गामा चिडिया घर निर्माण शुरु गरिएको हो ।
चारैतिरबाट जंगलले घेरेको बेलका नगरपालिका आसपासमा दुखपाएका जंगली जनवार, विमारी भएको जनावरहरुलाई संकलन गरि उपचार गर्दै चिडिया घरमा राख्न थालेको स्थानीय भवनाथ घिमिरेले जानकारी दिए ।
घिमिरेले दुःख पाएका जनावर संरक्षण गर्ने उद्देश्यले राखेको उक्त स्थान यति बेला आन्तरिक पर्यटकहरुका लागि आकर्षक गन्तव्य बनेको छ । जंगली जनावर चराचुरुङगी हेर्न यहाँ विद्यालयहरुबाट बालबालिकाहरु आउने गरेका छन् ।
उक्त स्थानमा न्याउली चरा, कथुके चरा, निलकण्ठ, उल्लु, हरिण,चितल, मृग, काला, मलसाप्रो, खरायो,चितुवा, सालगाय लगायत पंक्षी तथा जनावारहरुलाई संरक्षण गरिएको छ । मानवबस्ती भन्दा केही टाडा तार घेरा बनाएर राखिएको छ ।
यि जनवारको उपचार तथा संकलन गर्दा हालसम्म घिमिरेले व्यक्ति ढेडलाख खर्च गरेको बताए । ‘दया लागेर वेवारिसे जनावर ल्याएर पाले, अहिले त कहि कुनै जनावर दुख पाएको भेट्दा गाउलेहरुले ल्याएर यहाँ बुझाउने गरेका छन् ।’– घिमिरेले भने । नगरपालिका र जिल्ला वन कार्यलयले सहयोग गरे विधीवत रुपमा चिडिया घर बनाएर पर्यटकीय गन्तव्य बनाउने आफ्नो योजना रहेको घिमिरेले बताए ।
घिमिरेको योगदानलाई उचित मुल्याङकन गरेर नगरपालिकाले उक्त क्षेत्रमा बजेट छुट्याएर व्यवस्थित बनाउने तयारी भईरहेको नगरपालिकाका प्रमुख दर्गा थापाले बताए । उक्त स्थानसम्म पुग्नलाई बाटो बनाउनसमेत नगरले बजेट विनियोजन गरेको छ ।