धरान  /  संघ, प्रदेश र स्थानीय तहले संविधानबाटै प्राप्त आफ्नो मौलिक तथा आधारभूत राजनीतिक तथा सामाजिक अधिकार सप्रयोग गर्दै आन्तरिक स्रोत र साधनको अत्यधिक सदुपयोग गर्दै सम्वृद्ध प्रदेशको लागि क्रियाशिल रहन १ न.. प्रदेशसभाका सभामुख प्रदिपकुमार भण्डारीले आग्रह गरेका छन् ।
संविधान दिवसको अवसर जारी शुुभकामना सन्देश दिदै प्रदेशको श्रीवृद्धिका लागि कृषिमा आधुनिकीकरण, पर्यटन विकास, वातावरण संरक्षण, पूर्वाधार निर्माण, रोजगारीमुलक शिक्षा नीति आजको अवश्यकता भएको बताए । संविधानले प्रदत्त गरेको अधिकारलाई अधिकतम सदुपयोग गर्दै प्रदेशलाई समवृद्ध बनाउन सबैको योगदान आवश्यक भएको उनले बताए ।
संविधाा जारी भएको तेश्रो बर्ष प्रवेश गरेको अवसरमा संविधानलाई पूर्ण कार्यन्वयन तथा अधिकतम उपयोगका लागि प्रदेश १ का नागरिकलाई अपिलसमेत गरेका छन् । प्रदेशको दिगो र समाबेशी श्रीवृद्धि गर्न संविधानले दिएका हक अधिकारहरु प्रयोग गदै जनताको बलिदानीबाट स्थापीत लोकतन्त्रिक गणतन्त्रलाई संंस्थागत विकासका लागि सबैले हातेमालो गरेर अघि बढ्नु पर्ने सभामुखको सचिवालयबाट जारी शुभकामनमा सन्देशमा भनिएको छ ।
‘ वि.स. २०७२ असोज ३ गतेृ आजकै दिनदेखि लामो समयको राजनीतिक द्वन्द्व र संक्रमणमाको विधिवत अन्त्य गरी नेपाली जनतालाई पूर्ण सार्वभौम बनाई देशको भाग्य र भविष्य आफैं निर्धारण गर्ने अभिभारा सुम्पेको दिन हो ।’–सन्देशमा भनिएको छ ।
सन्देशमा उनले नेपालको संविधानले धर्मनिरपेक्षता, समावेशी, समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता गर्नाका साथै सबै वर्ग, क्षेत्रका जनताको हकअधिकार प्रत्याभूत गरेकले यसको कार्यन्वयमा सबैको साथ र सहयोग जरुरी भएको भनिएको छ । लामो समयको राजनीतिक द्वन्द्व र सङ्क्रमणको विधिवत् अन्त्य गरी नेपाली जनतालाई पूर्णरुपमा संविधानले सार्वभौम बनाएको सन्देशमा भनिएको छ ।  आजको यस दिनले राष्ट्रिय एकताको जगमा शान्ति, समुन्नत र समृद्ध नेपाल निर्माणमा थप प्रेरणा मिल्ने बताइएको छ ।