सप्तरीको कञ्चनरुप नगरपालिकामा स्वाइन फ्लु र हङकङ फ्लुको प्रकोपले ५ जनाको ज्यान गएको छ । दर्जनौ व्यक्तिमा यसका भाईरस फेला परेको समाचार सार्वजनिक भएको छ । उच्च ज्वरो, खोकी लाग्ने, छाती दुख्ने लगायतका यसका लक्षणहरु हुन । यस्ता लक्षण कसैलाई देखा परे नजिकको स्वास्थ्य संस्थाहरुमा सम्पर्क गरि स्वास्थ्य परीक्षण गनुृ वाञ्छानिय हुने छ ।
यति बेला दुईबटा नगरपालिकाहरुमा देखा परेको छ । यो सरुवा रोग भएकाले अन्यत्र फैलन नदिन सचेतना जरुरी हुन्छ । संक्रामित व्यक्ति र अन्य व्यक्तिको संगतबाट यो रोग फैलिने भएकाले सचेतना अपनाउनु पर्दछ ।
प्रकोप अन्यत्र फैलन नदिन स्थानीय तह पनि उतिकै जिम्मेवार हुनु पर्दछ । आफ्ना क्षेत्रका वासिन्दाहरुलाई सचेत गराउने, रोगबारे एथेष्ट जानकारी दिने, स्वास्थ्य टोली अर्लट गरि प्रभावित क्षेत्रमा पठाउने मुख्य दायित्व स्थानीय तहको हुने छ । जिम्मेवारी स्थानीय तहले यस प्रकोपबारे अभियान संचालन गर्नु पर्दछ ।
हनुमाननगर, कञ्चनरुप, सप्तकोशी, बेलका, चौडण्डीलगायत नगरपालिकाहरुमा जनजेतनामुलक कार्यक्रम तथा माईकिङ गरि जनतालाई सचेत गराउनु पर्दछ । सप्तकोशी नगरपालिकाले बिपद ब्यवस्थापन समितिको आपतकालीन बैठकबसी अभियान संचालन गर्ने निर्णय गरि सकेको छ । यो नगरपालिकाको सहराणिय कार्य हो । अन्य नगर तथा गाउँपालिकाहरुले पनि सचेतना अभियान शुरु गर्नु पर्दछ । कुनै पनि रोग आएर उपचार गर्नु भन्दा रोग नै आउन नदिनु उत्तम हो । यसका लागि सरोकारवाला निकाय, स्थानीय तह तथा नागरिक स्वम जिम्मेवार हुनु पर्दछ ।