दमक प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले प्रदेशको नाम र स्थायी राजधानी चाँडै टुङ्गिने वताएकाछन् ।
बुधवार झापाको गौरादहमा पत्रकारसँग कुरा गर्दै मन्त्री कार्कीले प्रदेश सरकारले छिटै नाम र राजधानीको टुंगो लगाउने दावी समेत गरेका थिए ।
प्रदेशको नामका लागि सगरमाथा,कोशी, कञ्चनजङ्घा, किरात, मेचे, लिम्बुवान लगायत नाम प्रस्तावित भएकाले नाम छनोट गरी निर्णयमा पुग्न प्रदेश सरकार लागिपरेको स्पष्ट पारेकाछन् ।उनले विराटनगर, गोठगाउँ, धरान, धनकुटा, इटहरीलगायतका नाम प्रस्तावित भएकाले राजधानीको टुङ्गो सरकारले छिटै टुङ्गाउने दावी समेत गरेकाछन् ।
मन्त्री कार्कीले शान्तिसुरक्षा,विपत् व्यवस्थापन, सञ्चारको क्षेत्रमा स्पष्ट कानून नबनेका कारण केही चुनौती रहेको बताए । उनले दमकका व्यवसायी खेमराज पौडेलको हत्यामा संलग्न दोषीले उन्मुक्ति नपाउने स्पष्ट पारेका थिए । दोषि जो कोही भएपनि कानूनको दायरा भन्दा पर जान नसक्ने जिकिर गरेका थिए ।
उनले समय लागेपनि अपराधी कानूनको कठघराबाट वाहिर जान नसक्ने उनले ठोकुवा गरे ।
प्रदेश १ को शान्ति सुरक्षा कडा वनाइने दावी समेत गरेकाछन् ।