काठमाडौं चार सूत्रीय माग राख्दै आन्दोलनमा उत्रिएका राहत शिक्षकले मंगलवार उदयपुरका सामुदायिक विद्यालय बन्द गराएका छन् ।
शिक्षकको आन्दोलनका कारण जिल्लाका ४ सय ५८ विद्यालयको पठनपाठन ठप्प छ । राज्यबाट शिक्षकबीच गरिंदै आएको सबैखाले विभेदको अन्त्य गर्ने नीतिगत व्यवस्था सुनिश्चित गर्नुपर्ने, राहत कोटामा कार्यरत सबै शिक्षकलाई एकमुष्ट स्थायी गर्न संघीय ऐनमा नीतिगत व्यवस्था गर्नुपर्ने उनीहरुको माग छ ।