धरान / धरानस्थित नेशनल कलेजमा यसै शैक्षिक शत्र देखि पहिलो पटक वी एड आई टी संञ्चालमा ल्याएको छ । कलेजले गत आइतवारदेखि परामर्श तथा भर्ना सप्ताह कार्यक्रम समेत शुरु गरेको छ । कार्यक्रमको क्रममा कलेजले हिजो चौथो दिन कलेजले आफ्नो एसी जडित सफ्टवेयर आई टी ल्याब रोवट चलाएर उदघाटन गरेको छ । उक्त ल्यावमा जम्मा हाल ३० वटा कम्युटर रहेको जानकारी दिइएको छ । जसलाई भविष्यमा ५० जना विधार्थीहरुले एकै पटक अभ्यास गर्न मिल्ने गरी विस्तार गरिने समेत जनाइएको छ । साथै कलेजले चाडै हार्डवेयर ल्याव निर्माण गर्ने समेत जनाएको छ । आजको संसारमा आईटीको महत्व र अनिवार्यता दिन दिनै बढीरहेको र आईटीको ज्ञान नहुने ब्याक्तिले भविष्यमा काम पाउन समेत गार्हो हुने भएकाले विश्वविद्यालय शिक्षामा आईटीको नया ढंगले कलेजले संञ्चालनमा ल्याउने कलेजका सिईओ देव सुब्बाले जानकारी दिए ।
यसै क्रममा कलेजका प्रिन्सिपल सालिक सतासक राईले विद्यर्थीहरुलाई पढाईमा रुची जगाउन नयाँ शैलीमा आईटी ल्याव उद्घाटन गरेको बताए । परामर्श तथा भर्ना सप्ताहमा उत्कृष्ट विद्यार्थीहरुलाई छात्रावृति प्रदान गर्ने क्रममा दमक मल्टिपल क्याम्पसका उत्कृष्ट साइन्सका विधार्थी एरिज राईलाई निःशुल्क भर्ना छात्रवृति प्रदान गरिएको थियो । कलेजका सिइओ देव सुब्बाले वीएड आईटीको बारेमा जानकारी गराउदै आईटी कोर्ष आमले सोचेभन्दा सजिलो विषय भएको र अब सर्बसुलभ शुल्कमा धरानमै आईटीमा विश्वविद्यालय स्तरको पढाई गर्न सकिने बताए ।