धरान÷ कतिपयले कमाउने उदेश्यले कार्यक्रमको आयोजना गर्ने गरेका छन् भने कसैले समाजमा केही गर्ने उदेश्यले कार्यक्रम गर्ने गरेकाछन् ।
त्यस्तै सामाजिक क्षेत्रमा योगदान गर्ने उदेश्यले धरान–१० स्थित एक वोडिङ स्कलले
च्यारीटी सो कार्यक्रम आयोजना गरी सो कार्यक्रमबाट उठेको रकम एक असहायलाई आर्थिक सहयोग गरेकाछन् ।
धरान १० स्थित मेरिल्याण्ड वोडिङ स्कुलको बेकनले स्पाइनल कर्ड इन्जुरीबाट घाइते वराहक्षेत्र ५ का रामकुमार तिवारीलाई बेकनले च्यारिटी मार्फत् संकलित ६ हजार ५ सय रुपैया रकम सहित दुई वटा ब्लान्केट र खानेकुरा प्रदान गरेको हो ।
स्कुलका भाइस प्रिन्सिपल तथा बेकनका संयोजक मनोज राईले तिवारीलाई नगद तथा खानेकुरा वितरण गरेका थिए । तिवारी सन् २००४ मा भारतको कुखुरा फार्ममा कार्यरत रहँदा करेन्ट लागेर गम्भीर घाइते बनेका थिए । अहिले उनको छाती भन्दा मुनीको भाग चल्दैन ।
बेकनले हरेक वर्ष च्यारिटी मार्फत् असाहाय तथा अपांगहरुलाई सहयोग गर्दै आइरहेको संयोजक राईले जन टाइम्सलाई वताए । उनका अनुसार यसपटक धरानभन्दा बाहिर दिने सोच अनुरुप तिवारीलाई सहयोग गरिएको हो ।
हालसम्म बेकनले च्यारिटीमार्फत् असहाय तथा अपांगता भएकाहरुलाई करिव ११ लाख रुपैयाँ सहयोग गरिसकेको छ ।आगमी दिनमा पनि यस्ता सहयोग गदै जाने योजना संस्थाको रहेको राईको भनाई रहेको छ ।