धरान / धरान उपमहानगर अन्तर्गत पर्ने वडा नम्बर –२० मा रहेको वाल्मिकी प्राथामिक विद्यालयका विद्यार्थी तथा विद्यालयलाई शैषिक सामाग्री वितरण गरिएको छ । धरानदेखि झण्डै १५ किलोमीटर उतरी पहाडी दुर्गम क्षेत्रमा रहेका विद्यार्थीहरुले ४० हजार वराबरको अध्ययनको लागि आवश्यक पर्ने शैक्षिक सामाग्री पाए । विद्यालयको लागि अति आवश्यक पर्ने घण्टी , डिस्नेरी र ग्लोब प्राप्त गरेका छन् ।
नेपाल फिजिकल ट्रेनिङ एशोसिएसन क्षेत्रीय कार्यालय धरानले वाल्मिकी प्राथमिक विद्यालयमा पुगेर सहयोग गरेको हो । कक्षा ५ सम्म अध्ययन गर्ने १९ जनालाई शैक्षिक सामाग्रीहरु प्रदान गरेको छ । ४० हजार रकम वरावरको प्रत्येक विद्यार्थीलाई व्याग , कापी , पेन्सिल र डटपेन सहित विद्यार्थी र विद्यार्थीको अभिभावकलाई विद्यालयको रोहबरमा हस्तान्तर गरिएको थियो । शैक्षिक सामाग्री पाएपछि त्यहाँका विद्यार्थी र अभिभावकहरुमा खुशी छाएको छ । नेपाल फिजिकल टे«निङ एशोसियन क्षेत्रीय कार्य समिती धरानका अध्यक्ष पर्वत राई र वरिष्ठ केन्द्रिय उपाध्क्ष गोपाल राईले शैक्षिक सामाग्री हस्तान्तरण गरेका थएि । विद्यालयका शिक्षक राजकुमार राईले यसरी दुरदराजसम्म आएर विद्यार्थीको भविष्य उज्जवल वनाउन सहयोग गर्नेहरुप्रति कृतज्ञता ज्ञापन गर्दै विद्यार्थीलाई पठनपाठनको लागि हौसला मिलेको वताए । उनले भने,“हरेक कार्यक्रम शहर केन्द्रित छ , दुर दराजका वसोवास गर्नेहरुलाई सरकार र संवन्धित निकायले समेत वेवास्ता गरिरहेको छ ।”
त्यसैगरि कार्यक्रममा वडा नम्बर –२० का वडा सदस्य कर्ण बहादुर तामाङले पनि विद्यार्थीहरुलाई प्रदान गरिएको सहयोगले विद्यार्थीमा अध्ययन गर्न थप उर्जा मिलेको वताउँदै आगामी दिनमा समेत सरकारी तथा निजी क्षेत्रको सहयोगको अपरिहार्यता भएको वताए ।
स्थानीय सरकार मार्फत विद्यालयमा शैक्षिक गुणस्तर उकास्ने भनिए पनि पर्याप्त श्रोत , साधानको कमीले सो अनुरुप ग्रामीण भेगमा काम गर्न नसकिएको गुनासो व्यतm गरेका छन् ।
जेहेन्दार विद्यार्थीलाई छात्रवृति
विद्यार्थीलाई शैक्षिक सामाग्री र विद्यालयलाई सहयोग गरेसँगै वाल्मिकी प्राथमिक विद्यालयका २ जना छात्र र छात्राहरुलाई छात्रवृति प्रदान गरियो । नेपाल फिजिकल टे«निङ एसोसियएसन क्षेत्रीय कार्य समिती धरानका अध्यक्ष पर्वत राईले त्यहाँ अध्ययनरत विद्यार्थी छात्र तर्फ वसन्त राई र छात्रा तर्फ सुमी राईलाई जनही नगद २ हजार ५ रुपैंयाका दरले छात्रवृति प्रदान गरेका हुन । छात्रवृति विद्यार्थी र विद्यार्थीका अभिभावकलाई हस्तान्तरण गरिएको थियो ।